ट्रिपरले भक्तपुरमा १ जनाको लियो ज्यान

काठमाडौं, १६ असार । ट्रिपरले भक्तपुरमा गएराति १ जनाको ज्यान लिएको छ । काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको ट्रिपरले सोही दिशातर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा त्यसका चालक फ्रेमबहादुर राईको मृत्यु भएको हो । राई पञ्चन–९, सोलुखुम्बुका हुन् । 

 

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार, ट्रिपरको ठक्करबाट घाइते राईलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएकोमा उपचारका क्रममा गएराति नै मृत्यु भएको हो । दुर्घटनामा संलग्न ट्रिपर चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

null

महानगरीय प्रहरी वृत्त, ठिमी भक्तपुरले अनुसन्धानका लागि भन्दै दुवै सवारी साधन नियन्त्रणमा लिएको छ । ट्रिपरका कारण पछिल्लो समय भक्तपुरमा दुर्घटना निम्तिएको छ । ट्रिपरमाथि नियन्त्रणको प्रयास भए पनि यो क्रम रोकिएको छैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + eighteen =