मुख्यमन्त्री प्रदेश लिग फुटबल छनौट : तेह्थुम शिर्ष स्थानमा

सुनसरी, २१ असार । सुनसरीको धरानमा जारी मुख्यमन्त्री कप प्रदेश लिग फुटबल छनौट प्रतियोगिता अन्तर्गत भइरहेको फुटबल खेलमा तेह्थुम ६ अंक बटुल्दै शिर्ष स्थानमा उक्लिन सफल भएको छ । तेह्थुमले शुक्रबार संखुवासभाको मिर्मिरे युथ क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै शिर्ष स्थानमा उक्लिएको हो ।
तेह्थुम र संखुवासभाबीच निकै प्रतिष्पर्धात्मक खेलमा जर्सी नं ७ का सन्तोष लिम्बुले ह्याट्रीक गरेसंगै तेह्थुम विजयी भएको हो । लिम्बुले खेलको पहिलो हाफको सुरुवाती ८ औ, १८ औ तथा दोश्रो हाफको ८ औं मिनेटमा नै गोल गर्दै आफ्नो टीमलाई अग्रता दिलाउन सफल भएको थिए भने संखुवासभालाई खेलमा फर्कन दोस्रो हाफको ९ औं मिनेटमा बसन्त ओझाले गोल गरेका थिए ।
त्यस्तै खेलको अर्को गोल दोश्रो हाफको ४० औ मिनेटमा संखुवासभाका जर्सी नं ७ का मन्दीप राईले गरेका थिए । खेलको म्यान अफ द म्याच तेह्थुमका जर्सी नं ७ का सन्तोष लिम्बु घोषित हुँदै नगद रु ५ हजार र ट्रफि प्राप्त गरे ।शनिबार पहिलो खेल दिउँसो २ बजे धनकुटा विरुद्ध सुनसरी र दोश्रो खेल दिउँसो ४ बजे तेह्थुम विरुद्ध भोजपुर बीच हुने आयोजकले जनाएको छ । मुख्यमन्त्री कप अन्तर्गत धरानमा ५ जिल्लाका विजेताहरु, इलाममा ४ जिल्लाका विजेता र उदयपुरमा ५ जिल्लाका विजेताहरु बीच लिग खेल भइरहेको छ ।
null








