चिर्पट प्रहार गरी पिताको हत्या, छोरा पक्राउ

 

साउन १३, धनगढी । कैलालीमा घरायसी विवादमा एक व्यक्तिले चिर्पटले हानेर आफ्नै पिताको हत्या गरेका छन् । 

कैलालीको गोदावरी नगरपालिका वडा नं ५ मा बर्बाटामा आइतबार राति ९ बजेतिर ३० वर्षीय छोरा राम सिं कुमालले चिर्पटले हानेर पिता ६० वर्षीय अम्मर सिं कुमालको हत्या गरेका हुन् । 

null

चिर्पट प्रहारबाट गम्भीर घाइते भएका अम्मरको उपचारका क्रममा सेती अञ्चल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

घटनापछि फरार भएका रामलाई गोदावरी नगरपालिका वडा नम्बर १ धनगढीबाट नियन्त्रणमा लिइएको कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिए । 

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *