आज भारी वर्षाको संभावना, सतर्क रहन आग्रह
२०७६ साउन १० गते

काठमाडौं, १० साउन । जल तथा मौसम पूर्वानुमान महाखाले मनसुनी गतिविधि सक्रिय हुने क्रम विस्तारै कम हुँदै गएको जनाएको छ । मनसुनको न्यून चापिय रेखा नेपालभन्दा दक्षिणतिर रहेकोले मनसुन गतिविधि कमजोर हुने भएपछि वर्षा पनि कम हुने मौसमविदले बताएका छन् ।
शुक्रबार देशभर सामान्य बदली भइ केहि स्थानमा सामान्य वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो पहाडि र तराई भेगका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
null
यस्तै आज राति पनि देशभरको मौसम सामान्यतया बदली भई केही स्थानमा वर्षा हुने देखिएको छ । देशको पहाडि तथा तराई भेगका एक दुई स्थानहरुमा भारी बर्षाको सम्भावना रहेकाले नदी वरपर, नहर छेउछाउ बसोबास गर्ने नागरिकलाई सचेत रहन आग्रह गरिएको छ ।
२०७६ साउन १० गते
प्रतिक्रिया
सम्बन्धित








