विश्वकपमा रोहित शर्माले बनाए नयाँ कीर्तिमान

एजेन्सी । भारतीय ओपनर रोहित शर्माले श्रीलंकाविरुद्ध शतक प्रहार गर्दै विश्व कीर्तिमान कायम गरेका छन् । रोहितले शनिबार श्रीलंकासँगको खेलमा शतक प्रहार गर्दै एकै विश्वकपमा ५ शतक पुरा गर्ने पहिलो ब्याट्सम्यान बनेका हुन् । 

 

यसअघि श्रीलंकाका कुमार संगकाराले सन् २०१५ को विश्वकपमा ४ शतक जोडेका थिए । रोहितले ९२ बलमा शतक पुरा गर्दै आफ्नो वान डे करिअरको २७ औं शतक पुरा गरे । उनले जारी विश्वकप क्रिकेटमा लगातार तीन खेलमा शतक बनाएका छन् । 

null

शतक बनाएका रोहित ९४ बलमा १४ चौका र २ छक्का सहित १ सय ३ रनमा आउट भए । उनी ३१ औं ओभरको पहिलो बलमा राजिथाको बलमा क्याच आउट भएका थिए । रोहितले २९ औं ओभरको अन्तिम बलमा चौका प्रहार गर्दै शतक पुरा गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 20 =