खैरहनी र राप्तीले आन्तरिक आम्दानीको लक्ष्य कटायो

 

असार १८ चितवन । चितवनको खैरहनी नगरपालिकाले लक्ष्य भन्दा वढि आन्तरीक आम्दानी गर्न सफल भएको छ । गत वर्ष लक्ष्य पुरा गर्न नसकेको खैरहनीले चालु आर्थिक वर्षमा भने लक्ष्य भन्दा वढि आम्दानी गर्न सफल भएको हो । 

खैरहनीले चालु आर्थिक वर्षमा ७ करोड १९ लाख रुपैया आन्तरीक श्रोतबाट आम्दानी गर्ने लक्ष्य लिएको थियो । अघिल्लो आर्थिक वर्षमा भने ४ करोड लक्ष्य लिईएकोमा ४ करोड ५५ लाख मात्रै आम्दानी गरेको थियो । 

null

चालु आर्थिक वर्षको सुरुवातमै घरदैलो कार्यक्रम गरेर करको दायरामा नआएका व्यवसायलाई दायरामा ल्याएपछि राजस्व संकलन अत्याधिक भएको हो । चालु आर्थिक वर्षको हाल सम्म खैरहनीले लागत सहभागीता वाहेक ७ करोड ७४ लाख २९ हजार रुपैया आम्दानी गरिसकेको नगरपालिकाका प्रशासकीय अधिकृत प्रकाशचन्द्र पौडेलले जानकारी दिए । 

पौडेलका अनुसार सवैभन्दा धेरै घरजग्गा रजिष्ट्रेशनबाट २ करोड ३६ लाख,६२ हजार रुपैया असुली भएको छ । त्यस्तै एकिकृत सम्पतीकरबाट १ करोड ५८ लाख रुपैया आम्दानी भएको छ । खैरहनीका मेयर लालमणी चौधरी नगरपालिकाको आन्तरीक आम्दानी वढ्दै जानु नगरपालिका सक्षम वन्ने संकेत रहेको वताउँछन् । 

हामी जनप्रतिनिधी भएर आउनु अघि १ करोड संकलन हुन मुस्किल थियो मेयर चौधरीले भने – नगरपालिकाको टिमको लगनशीलता,सक्रियताकै कारण आन्तरीक आम्दानी वढ्दै गएको हो । चितवनको ठुलो नगरपालिकाको रुपमा रहेको रत्ननगर नगरपालिकाले आन्तरीक लक्ष्यलाई भेटाउन मुस्किल देखिन्छ । 

रत्ननगरले चालु आर्थिक वर्षको जेठ मसान्त सम्म ७ करोड १३ लाख रुपैया संकलन गरेको छ । रत्ननगरले सवैभन्दा धेरै सम्पती करबाट २ करोड ८६ लाख रुपैया आम्दानी गरेको राजस्व शाखाले जनाएको छ । पहिलेकै दरमा कर लिईएको भए लक्ष्यमा पुग्ने उल्लेख गर्दै रत्ननगरका मेयर नारायण वनले समायोजनका कारण लक्ष्यमा पुग्न नसक्ने वताए । 

वजार क्षेत्र कम रहेको चितवनकै राप्ती नगरपालिकाले पनि आन्तरीक लक्ष्य पुरा गरेको छ । चालु आर्थिक वर्षमा ४ करोड आन्तरीक आम्दानी गर्ने अनुमान गरिएकोमा त्यो भन्दा धेरै आम्दानी भईसकेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मिठाराम हुमागांईले जानकारी दिए । हाल सम्म ४ करोड ३३ लाख ५५ हजार रुपैया संकलन भईसकेको उनले वताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *