‘वर्थ डे’ मनाउन गएकी युवती मृत फेला, प्रेमी पक्राउ

 

साउन १, काठमाडौं । काठमाडौंमा एक युवती मृत फेला परेकी छिन् । 

प्रेमी १९ वर्षीय भीम मगरको जन्मदिन मनाउन बालाजुस्थित उनको कोठामा गएकी १६ वर्षीय जेनी तामाङ त्यहीँको बाथरुममा मृत फेला परेकी हुन् । 

null

त्रिपुरेश्वरमा बस्दै आएकी जेनी असार ३० गते साँझ भीमको कोठामा गएकी थिइन् । त्यहाँ भीमसँग अर्की प्रेमिका (प्रविना नगरकोटी) पनि देखेपछि विवाद भएको थियो । विवादपछि वाथरुम गएकी जेनी त्यहीँ झुण्डिएको अवस्थामा फेला परेकी हुन् । 

‘झगडापछि शौचालय गएकी जेनी नआएपछि शौचालयमा पुग्दा त्यहाँ जेनी सलले झुण्डिएको अवस्थामा फेला परिन् । त्यसपछि हामीले प्रहरीलाई खबर गर्यौँ’, भीमले प्रहरीसँगको बयानमा भनेका छन् । 

घटनापछि प्रहरीले भीम र अर्की प्रेमिका प्रविनालाई नियन्त्रणमा लिएको छ । थप अनुसन्धान भइरहेको प्र हरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *