करिश्माको आक्रोशः बिनोद जी कसरी इज्जत बिहिन हुनुभयो ?

 

साउन १४, काठमाडौँ । नेपालकी टप नायिका करिश्मा मानन्धरले मंगलबार राजनीतिक विष्लेशक डा. सुरेन्द्र के.सीमाथि आक्रोश ब्यक्त गरेकी छिन् । 

सामाजिक सञ्जाल फेसवुक मार्फत करिश्माले आफना श्रीमान विनोद मानन्धरलाई कटाक्ष गरेको भन्दै सुरेन्द्र केसीलाई प्रश्नको झटारो हानेकी छिन् । 

null

उनले डा. केसीलाई बिनोद जीले आफ्नो परिचय दिँदा करिश्माको श्रीमान भनेकोले बिनोद जी कसरी इज्जत बिहिन हुनुभयो डा. के सी ? भनेर प्रश्न गरेकी छिन् । 

हालसालै प्रकाशित एक अर्न्तवार्तामा डा. के.सीले सिनेमाका व्यक्तिहरुले आफ्नो व्यबहार र आचरणका कारण आफुलाइ निम्न स्तरमा पारेको भन्दै त्यसको उदाहरणमा करिश्माका श्रीमान बिनोद मानन्धरको नाम लिएका थिए । डा. केसीले पोखरामा विनोद मानन्धरसँगको भेटको प्रशंग निकाल्दै विनोदले केसीसँग परिचय दिनेक्रममा ‘म करिश्मा मानन्धरको श्रीमान बिनोद मानन्धर’ भनेको भन्दै खिस्याएका थिए । 

पोखरामा विनोद मानन्धरसँग भेट हुँदा उनले करिश्माको श्रीमान भनेर परिचय दिएपछी डा. के.सी.ले आफू बिनोद मानन्धर भनेर नचिनाएकोमा ‘एस्ता त छन अनि के इज्जत हुनु’ भनेपछी करिश्माले आफ्नो फेसबुकमा स्टाटस अपडेट गर्दै यस्तो प्रश्न तेस्राएकी हुन् । 

उनले अपडेट गरिएको स्टाटसमा करिश्मा के.सी. ले आफ्नो जात बद्लेर करिश्मा मानन्धर गर्न सक्छ भने बिनोद जीले म करिश्मा मानन्धरको श्रीमान भन्दा के बेइज्जत भयो ?, उहाँ जस्तो व्यक्तित्वबाट मैले यो आशा गरेको थिइन ।, करिश्माले लेखेकी छिन् । ‘जो मानिस आफू राजा जस्तो बनेर हिड्न चाहन्छ नि उस्ले आफ्नो श्रीमतीलाई रानी सरहको व्यबहार गर्छ ।, अब आइन्दा बोल्दा विचार गर्नुहोला । सबैले सहदैनन। हामीले तपाईंको केही खाएको छैन ।’ जस्ता कुराहरू लेख्दै करिश्माले डा. केसी माथि आक्रोश प्रकट गरेकी हुन् । हेर्नुहोस् करिश्माले लेखेको स्टाटस जस्ताकाे तेस्तै 

डा. सुरेन्द्र के.सी विश्लेषक , बोलिरहनु हुन्छ , तर कहिलेकाही के बोल्नु हुन्छ के !!!त्यो वाहाको बोलाइको आधारमा वहाको व्यक्तित्व आन्दाज गर्न मुस्किल जस्तो !! हालै एउटा अन्तरवार्तामा वाहाले भन्नू भयेको रहेछ कि सिनेमाका व्यक्तिहरुले आफ्नो व्यबहार र आचरणका कारण आफुलाइ निम्न स्तरमा पारेका छन र उदाहरण दिदा मेरो श्रीमान बिनोद जी को नाम लिनुभएको रहेछ ।पोखरामा बिनोद जी ले वाहालाई देखेपछि आफै गएर भेट्नु भयोरे अनि म करिश्माको श्रीमान भन्नू भयो रे तेस्ले बिनोद जी ले आफ्नो इज्जत घटाउनु भयो रे !! वाहाले म बिनोद मानन्धर भनेर किन नचिनाएको रे एस्ता त छन अनि के इज्जत हुनुरे ! ( बिनोद मानन्धर , ईश्वर मानन्धरको इतिहास हेर्नुस् अलिकति ) येदि करिश्मा के. सी ले आफ्नो जात बद्लेर करिश्मा मानन्धर गर्न सक्छ भने बिनोद जी ले म करिश्मा मानन्धरको श्रीमान भन्दा के बेइज्जत भयो ?वाहाजस्तो व्यक्तित्व बाट मैले यो आसा गरेको थिइन ।जबकी जब बिनोद जी पोखराबाट फर्किनु भयो कस्तो उत्साहित भयेर भन्दै हुनुहुन्थ्यो र भन्दै हुनुहुन्थ्यो मैले पोखरामा डा. सुरेन्द्र के . सी लाई भेटेनी , म आफै बोल्न गए , ( बिनोद जील ले सुरेन्द्र के.सी को सबै अन्तरवार्ता फलो गर्नुहुन्छ र वाहाको भनाइ मनपराउनु हुन्छ ) बिनोद जी ले आफ्नो परिचय दिदा करिश्माको श्रीमान भनेको ले बिनोद जी कसरी इज्जत बिहिन हुनुभयो डा . के सी ? जो मानिस आफू राजा जस्तो बनेर हिड्न चाहान्छ नि उस्ले आफ्नो श्रीमतीलाई रानी सरहको व्यबहार गर्छ ।अनि जो मनिस तपाईंको आगाडी सम्मानका साथ झुकेर बोल्न आउँछ नि त्यो उस्को कमजोरी होइन त्यो उस्को बडप्पन हुन्छ ।तेइबेला तपाई , बिनोद र मेरि छोरी कविताको युटुब कुराकानी जब मेरो छोरिले सेयर गरन ममि भन्दा मैले गरिन, त्यो कुरामा कबु म संग रिसाएको थियो !! त्यो तपाईं प्रती उस्को सम्मान थियो बुझ्नुभयो ! तर त्यो कुराकानीमा मेरो परिवारको साधारण पन देखेर तपाईंको आनुहारको बेवास्ता मैले पढेकोले त्यो सेयर गरिन ।आफ्नो ज्ञानलाई दम्भ होइन हजारौं नबलेका दियो बाल्ने ज्योती बनाउनुस ।बिनोद मानन्धर तपाईंको तुलनामा कुनै कुरामा कम छैन ।सबैभन्दा ठुलोकुरा उहाँमा मानवता छ र उहाले तपाईंले जस्तो आरुको नचाहने जजमेन्ट गरेर अरुको बारे गलत व्याख्या गर्नुहुन्न ।अब आइन्दा बोल्दा विचार गर्नुहोला ।सबैले सहदैनन। हामीले तपाईंको केही खाएको छैन । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *