‘सिस्ने हिमाल’ बेच्ने ३ जनालाई २०/२० वर्ष कैद !

 

साउन १, काठमाडौं । उच्च अदालत पाटनले रोल्पाकी सिस्ने हिमाल (नाम परिवर्तन) बेच्ने ३ जनालाई जनही २० वर्षको कैद र २ लाख क्षतिपुर्ति भराउने फैसला गरेको छ । 

मानव बेचविखनको मुद्दामा अदालतले बुधबार सिस्ने खोलाको पक्षमा फैसला गर्दै उनलाई बेच्ने श्यामलाल डंगोल, ज्ञानेन्द्र चनहरा र सुनिता मुरमुरलाई जनही २० वर्ष कैद र २ लाख जरिवानाको फैसला सुनाएको हो । 

null

उच्च अदालतका न्यायाधीशद्धय यज्ञराज भट्ट र टेकनारायण कुँवरको इजलासले सिस्ने हिमाललाई बिक्री गरेको अभियोगमा श्यामलाल डंगोलसहितका तीन प्रतिवादीलाई दोषी ठहर गरेको हो । 

जिल्ला अदालत, काठमाडौंले बिक्री गर्ने मध्येका मुख्य नाइके श्यामलाल डंगोललाई १० वर्ष मात्र कैद र ५० हजार रुपैयाँ क्षतिपुर्ति भराउने फैसला सुनाएको थियो । त्यसमा उच्चले १० वर्ष कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना थप गरिदिएको हो । 

जिल्लाले भने डंगोललाई मात्र दोषी ठहर गरेको थियो । उच्चले ज्ञानबहादुर चनरा र सुनिता मुरमुरलाई पनि मुख्य अभियुक्त बराबरकै फैसला सुनाएको हो । 

श्रीमान्ले अर्की ल्याएपछि सानी छोरीसँगै एक्लै बसेकी सिस्ने खोला विदेश गएर धेरै पैसा कमाउने, छोरी र आफ्नो भविष्य उज्जवल बनाउने प्रलोभनमा परी दलालको फन्दामा परेकी थिइन् । उनलाई काका ससुराका छोरा ज्ञानबहादुरले फसाएका थिए । 

उनी चनाखो हुन त खोजेकी थिइन् बेचिने समयमा तर आफ्नै काका सुसुराको छोराले त्यस्तो गर्ला भनेर सोच्न सकिनन् । 

उनले आफू भारतमा बस्दा कम्पनीमा काम गरेको भन्दै विदेशमा घरेलु कामका लागि नदाने सर्त राखेकी थिइन् । तर ५०० डलर तलब पाइन्छ भनेपछि उनी घरेलु कामका लागि सिरिया जान तयार भएकी थिइन् । २०७१ वैशाख १ गते काँकडभिट्टाबाट उनलाई सिमाना कटाइएको थियो । त्यहाँ उनलाई यौनदासीको रुपमा काम गराइयो । 

उनलाई सिरियाबाट पुनः फर्काएर भारत ल्याएर समेत यौनधन्दामा समेल गराइएको थियो । केही समयपछि उनी त्यहाँबाट भागेर नेपाल आएर उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् । सोही मुद्दामा उच्च अदालतले आज फैसला गरेको हो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *