‘लुम्बिनी विकास बैंक’ र ‘खल्ती डिजिटल वालेट’ बिच  सम्झौता

 

असार २०, काठमाडौँ । ‘लुम्बिनी विकास बैंक’ र ‘खल्ती डिजिटल वालेट’ बिच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

लुम्बिनी विकास बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र खल्तीका तर्फबाट निर्देशक ध्रुब अधिकारीले शुक्रबार उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

null

यस सम्झौता अनुसार अब लुम्बिनी विकास बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ सेवाप्रयोग गरी तथाबैंकका ६५ वटै शाखाहरुमा उपलब्ध डिपोजिट भौचर मार्फत ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 

उक्त सम्झौताको बारेमा बोल्दै यस बैंकका नायब प्रमुख कार्यकारी  रेग्मीले भने, “हामी प्रविधिको प्रयोग गरेर मानिसहरुका विभिन्न बैंकिङ्ग तथा वित्तिय समस्याहरु समाधान गर्न खोजी राखेका छौँ, जसको माध्यमबाट ग्राहकहरुले मोबाईलबाटै सबै किसिमका सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ । हामी खल्ती वालेटसँग सहकार्य गरी हाम्रा ग्राहकहरु माझ खल्तीको सजिलो मोबाईल भुक्तानी सेवा उपलब्ध गराउन पाउँदा अत्यन्तै उत्साहित भएका छौँ । 

यसबाट हामी दैनिक कारोबारलाई डिजिटल बनाउन एक कदम अगाडि बढेको महसुस गरेका छौँ ।” त्यसै गरी खल्तीका निर्देशक ध्रुब अधिकारीले भने, “हामी लुम्बिनी विकास बैंकसँग यो सम्झौता गर्न पाउँदा उत्साहित छौँ । 

अब लुम्बिनी विकास बैंकका ग्राहकहरुले बैंकबाट नगद झिकी राख्ने झन्झट गर्नु पर्दैन । उनीहरुले बैंकबाट सिधै ‘खल्ती’ मा पैसा लोड गरी वस्तु तथा सेवाको भुक्तानी गर्न सक्नुहुनेछ । 

नगद पैसा बिनाको सरल भुक्तानीको यो एउटा सुरुवात हो । यो पार्टनरशिप सँगै हामीलाई खल्ती नगद पैसा बिनाको नेपालको लागि एउटा अर्को पाइला अगाडी सारेका छौँ जस्तो लागेको छ ।” 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *