राप्तीमा विपन्न परिवारका दिदिभाईलाई स्टेसनरी र खाद्यान्न सहयोग

 

असार २९, चितवन । आर्थिक अभावका कारण पठनपाठनमा समस्या झेल्दै आएका राप्ती नगरपालिका ६ मुडाभारका दिदि भाईलाई सहयोग हस्तान्तरण गरिएको छ । 

मुडाभारकी अनुजा परियार र उनका भाई अनमोल परियारलाई आईतवार स्टेशनरी र खाद्यान्न सहयोग गरिएको हो । घरको अवस्थाका कारण पढाई देखी खान लाउन समेत समस्या रहेको राप्ती नगरपालिका भण्डारीकी महिला समाजसेवी अनिता खरेलमार्फत खैरहनीका समाजसेवी मुरली प्रसाद गजुरेलले थाहा पाएपछि उनले आर्थिक संकलन गरेका थिए । 

null

खैरहनीका तीन जना व्यक्तीहरुको जन्मदिनको अवसरमा प्राप्त सहयोगले स्टेशनरी र खाद्यान्न खरिद गरि ति दिदिभाईलाई हस्तान्तरण गरिएको हो । राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामाको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रमका बीच सहयोग हस्तान्तरण गरिएको थियो । 

खैरहनी घर भएकी कमला वर्तौला सिवकोटी, कृष्ण धमला र सेवकराज सुवेदीले आफ्नो जन्मदिनको अवसर पारेर समाजसेवी मुरली गजुरेललाई रकम पठाएका थिए । सोही रकमले कापी, कलम, विद्यालय पोशाक, झोला, जुत्ता, चामल, दाल, आलु, नुन तेल लगायतका सामाग्री खरिद गरि हस्तान्तरण गरिएको हो । 

व्यवसायी तथा समाजसेवी उत्तम अधिकारी, महिला समाजसेवीहरु अनिला खरेल र शान्ती उप्रेती, उत्प्रेरणा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण प्रसाद अधिकारी लगायतको उपस्थितीमा सहयोग हस्तान्तरण गरिएको थियो । 

सहयोग हस्तान्तरण गर्दै राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामाले सहयोगलाई सही सदुपयोग गर्नु पर्नेमा जोड दिए । उपमेयर लामाले विपन्न परिवारका लागि नगरपालिकाले घर वनाउन जस्ता उपलव्ध गराउँदै आएको उल्लेख गर्दै अनुजा परियारका लागि पनि घर निर्माणमा सहयोग गर्ने वताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *