मलेसियाद्वारा नेपाललाई ८८ रनको लक्ष्य

 

असार २३, काठमाडौं । एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको पहिलो सेमिफाइनलमा आयोजक मलेसियाले नेपालसामु ८८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । 

मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ४० ओभर ५ बलमा अलआउट हुँदै मात्र ८७ रन बनायो । 

null

मलेसियाका मुहमद आमिरले सर्वाधिक २४ रन बनाए । यस्तै हैकल मोहमद खेरले १२, वान अमिरुलले ११ तथा अहमेद अकमल अलिफले १० रन बनाए । 

नेपालका सागर ढकालले ३ तथा कुशल मल्लले २ विकेट लिए । 

आजको खेलमा मलेसियालाई हराएर फाइनलमा प्रवेश गर्ने लक्ष्यसहित नेपाल मैदान उत्रिएको छ । समूह चरणमा अपराजित रहँदै समूह विजेता बनेको नेपाल घरेलु टोलीलाई स्तब्ध पार्दै उपाधि होड कायम राख्न चाहन्छ । 

पहिलो खेलमा चीनलाई १० विकेटले हराएको नेपालले दोस्रो खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । समूह ए मा रहेको नेपालले २ खेलमा ४ अंक जोडेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *