ट्रकमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु

 

साउन ७, चितवन। चितवनको भरतपुर १ रामनगर स्थित नारायणगढ मुग्लिन सडक खण्डमा साेमबार साँझ ट्रकसंग मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

मृत्यु हुने अन्दाजी ३० बर्सिय पुरुषको सनाखत भएको छैन ।  नारायणगढबाट रामनगर तर्फ जाँदै  गरेको ना.४२ प ४९२९ को मोटरसाइकले पैदल यात्री सोही ठाउँका  बर्ष ५० को ओम प्रसाद भुसाल लाई ठक्कर दिई भाग्ने क्रममा रोकि राखेको ना ५ ख २२४६ नं. को ट्रकमा ठोक्किएर दुर्घटना भएको थियो ।  

null

दुर्घटनामा गम्भीर  घाईते भएका ती पुरुषको उपचारका क्रममा  भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता एक नारायण कोइरालाले जानकारी दिए ।  ट्रक नियन्त्रणमा रहे पनि  ट्रक चालक फरार रहेकाले खोजी कार्य भैरहेको कोइरालाले बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *