खैरहनीका मुसहरलाई वंगुरको पाठा वितरण

 

असार १९, चितवन । खैरहनी नगरपालिका १० कठारमा रहेका मुसहर समुदायलाई विहीवार वंगुरको पाठा वितरण गरिएको छ । 

उनीहरुको आयआर्जनका लागि खैरहनी नगरपालिकाले प्रति घर एक एक वटा पाठा वितरण गरेको हो । कठारमा २८ घरधुरी मुसहर समुदायको वस्ती छ । 

null

खैरहनीका मेयर लालमणी चौधरी ,खैरहनी १० का वडाध्यक्ष कारीराम चौधरीले पहिलो चरणमा २८ मध्ये १५ घरधुरीलाई वंगुरको पाठा वितरण गरे । खैरहनी नगरपालिकाले स्थापना गरेको गरिवी निवारण कोषबाट खरिद गरेका पाठाहरु वितरण गरिएको हो । 

पाठी वितरण गर्दै मेयर चौधरीले विपन्न समुदायको विकासले मात्रै नगरको समृद्धी हुने भन्दै सिमान्तकृत समुदायको रुपमा रहेको मुसहरहरुलाई पाठा वितरण गरिएको वताए । 

वाँकी घरधुरीलाई दोश्रो चरणमा पाठा वितरण गरिने छ । खैरहनी नगरपालिका पशु सेवा शाखा प्रमुख रुद्रकुमार श्रेष्ठका अनुसार ति पाठीहरुको नगरपालिकाले निशुल्क बीमा गरि दिने छ । 

साथै खोर निर्माणका लागि प्रति घर २ हजार रुपैया र तालिम समेत प्रदान गरिने श्रेष्ठले वताए । वस्तीका महिलाहरुलाई आयआर्जनका लागि यसअघि सिलाई कटाई तालिम दिएर मेसिन समेत प्रदान गरिएको थियो । यहाँका मुसहरहरुका लागि अहिले तराई मधेश समृद्धी कार्यक्रम अर्न्तगत केन्द्र सरकार र खैरहनी नगरपालिकाले घर निर्माण गरिरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *