आज क्रिकेटमा नयाँ टिम विश्व च्याम्पियन बन्दै

एजेन्सी । यस पटकको आइसिसी विश्वकप क्रिकेटबाट नयाँ च्याम्पियन छनोट हुने भएको छ । विश्वकप क्रिकेटको जारी १२ औं संस्करणले नयाँ विश्व च्याम्पियन छानिनेछ । फाइनलमा पुगेका इङ्ल्याण्ड र न्युजिल्याण्ड दुवै टिमले अहिलेसम्म यो उपाधि उचालेका छैनन् । आइसिसी विश्वकप क्रिकेटको उपाधिका लागि आइतबार इङ्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै छन् । फाइनल खेल लर्डसमा हुन लागेको हो । 

लर्डस मैदानमा हुन लागेको यो विश्वकपको पाचौं फाइनल खेल हो । विश्वकपको फाइनलमा इङ्ल्याण्ड र न्युजिल्याण्डबीच पहिलोपटक उपाधि भिडन्त हुन लागेको हो । इङ्ल्याण्ड चौथोपटक फाइनलमा पुगेका हो । न्युजिल्याण्डको यो दोस्रो फाइनल प्रतिस्पर्धा हो । अहिलेसम्म विश्वकपको उपाधि नउचालेका टिमबीचको प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।लर्ड्समा न्युजिल्याण्डको अपराजित यात्रालर्ड्स मैदानमा यसअघि भएका विश्वकपका खेलमा इङ्ल्याण्डले न्युजिल्याण्डलाई पराजित गर्न सकेको छैन । सन् १९८३ पछि पहिलोपटक इङ्ल्याण्डले जारी विश्वकपमा न्युजिल्याण्डलाई हराउँदै फाइनलसम्मको यात्रा तय गरेको हो । यी दुई टिमबीच दुई पटक प्रतिस्पर्धा भएको छ । त्यसमा दुईपटक नै न्युजिल्याण्ड विजयी भएको छ । टिकटका लागि भड्किँदै फ्यानयसअघिका विश्वकपको आकडाअनुसार भारतीय समर्थकले नै यसपटको विश्वकपको फाइनलका लागि अधिक टिकट खरिद गरेका थिए । जब सेमिफाइनलमै भारत पराजित भयो त्यसपछि उसका फ्यान निराश छन् । यता, न्युजिल्याण्डका समर्थकहरू टिकट नपाएर निराश छन् । खबरहरूमा जनाइएअनुसार इङ्ल्याण्ड र न्युजिल्याण्डको खेल हेर्नका लागि महँगोमा टिकट खरिदबिक्री भएका छन् । भारत फाइनमा पुग्न नसकेपछि भारतीय फ्यानसँग न्युजिल्याण्डका फ्यानले महँगोमा टिकट खरिद गर्न तयार देखिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *