आज देशभरको मौसम यस्तो

 

असार १६, काठमाडौँ । सोमबार देशका अधिकांश भू–भागमा सामान्य देखी मध्यम बर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । 

सोमबार बिहानैदेखि सुदूरपश्चिम क्षेत्रमा मेघ गजर्नसहित वर्षा भइरहेको छ । त्यहाँ दिउँसो पनि केही ठाउँमा भारी वर्षा हुने मौसमविद शमिर श्रेष्ठले जानकारी दिएका छन् । 

null

देशका अन्य स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना भएता पनि पश्चिम पहाडका केही स्थानमा भारी वर्षाको सम्भावना भएको मौसमविद शमिर श्रेष्ठले बताए । 

सोमबार राति देशभर मौसममा सामान्य बदली भई पूर्व र मध्यका केही स्थानहरुमा र पश्चिमका थोरै स्थानहरूमा मेघगर्जन सहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

बिशेषगरी सोमबार राती मध्य र पूर्वका तराई भूभागका एक दुई स्थानहरुमा र पश्चिमका पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको माहाशाखाले जानकारी दिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *