आर्थिक लाभमा लिप्त भएको आरोपमा मन्त्री मातृका यादवका स्वकीय सचिव विष्ट हटाइए

 

साउन ४, काठमाडौं । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले स्वकीय सचिव सन्तोष विष्टलाई हटाएका छन् । पद र शक्तिको दुरुपयोग गरेर आर्थिक लाभमा लिप्त भएको आरोपमा विष्टलाई हटाइएको मन्त्रालय स्रोतले बताएको छ । विष्ट कुनै बेला मातृका यादवले नेतृत्व गरेको नेकपा माओवादी नामको पार्टीको विद्यार्थी संगठनका अध्यक्ष थिए । उनी मातृकाका विश्वास पात्र पनि भएकाले अवसर पाएका थिए । 

त्यसै कारणले मन्त्री मातृकाले विष्टलाई मायाँ गरेर स्वकीय सचिवमा नियुक्त गरेका थिए । मन्त्री फेरबदल हुने सूचीमा मातृकाको नाम नम्बर १ मा रहेको चर्चासँगै मातृकाको सचिवालयबाट विष्टको बहिर्गमन भएको छ । विष्टसँगै अन्य २ जना सचिवालय सदस्य पनि हरुको श्रोतको भनाई छ । 

null

मातृका यादव आफ्नो कार्य सम्पादनमा सफल हुन नसक्नुमा स्वकीय सचिव विष्टको मुख्य भूमिका रहेको निष्कर्ष पछि सचिवालय फेरबदल भएको स्रोत बताउँछ । स्वकीय सचिव भएदेखि नै मन्त्री मातृका यादव बदनाम हुँदै जाने विष्ट भने मालामाल हुँदै जाने अवस्था आएको मन्त्री निकट एकजना सहयोगीले बताए । सचिवालयमा विष्ट सम्हालेको रिक्त स्थानमा देवशरण यादव बिक्रान्त लाई ल्याइएको खबर छ । 

बिक्रान्त विगतमा मातृका यादवले मूलधारबाट छुट्टिएर गठन गरेको नेकपा माओवादीका केन्द्रीय सदस्य रहेका थिए । उनी कानून व्यवसायी पनि हुन् । आफ्नो सर्कलमा स्वच्छ छवि बनाएका भनिएका बिक्रान्त नेकपामा राम्रा कार्यकर्ताका रुपमा परिचित भएको तराई मधेशमा चर्चा हुने गर्दछ । 

बिक्रान्तको नेतृत्वमा चल्ने सचिवालयले उद्योग मन्त्री मातृका यादवलाई मन्त्री फेरबदलको डेन्जर जोनबाट सेफ जोनमा ल्याउन सक्ला ? त भनेर मन्त्रालयमा यति बेला चर्चा हुन थालेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *