छवि र उनको चौथो श्रीमती शिल्पाबिरुद्ध पक्राउ पूर्जी जारी

 

साउन ८, काठमाडौँ । निर्माता छविराज ओझा र उनको चौथो श्रीमती नायिका शिल्पा पोखरेल बिरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । 

बहुविवाह सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंमा परेको उजुरीका आधारमा उनिहरुलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिइएको हो । 

null

उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी भएको काठमाडौं प्रहरी परिसर, टेकुले जानकारी दिएकाे छ । 

केही समय अघी छवीले चौथो श्रीमती शिल्पालाई कानको जाली फुट्नेगरी हिर्काएपछी शिल्पाले छवि बिरुद्ध घरेलु हिंसाको मुद्धा दर्ता गरेकी थिईन् । 

शिल्पाले छवी बिरुद्ध मुद्दा दर्ता गरे लगतै छवीको पहिलो श्रीमती ५३ वर्षीय हेमा ओझाले पनि छवि र शिल्पा दुवै विरुद्ध बहु विवाहको उजुरी हालेका थिए । त्यती बेला हेमाले हालेकाे उजुरी प्रकृया नपुगेको भन्दै गौशाला प्रहरी वृत्तले हेमाले दिएको उजुरी दर्ता नभएको जानकारी गराएको थियो । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *