मलेसियाद्वारा नेपाललाई ८४ रनको लक्ष्य

 

साउन ८, काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोटको दोस्रो खेलमा मलेसियाले नेपाललाई ८४ रनको लक्ष्य दिएको छ । 

ईण्डियन एसोसियसन क्रिकेट मैदानमा बुधबार भएको खेलमा मलेसियाले पुरै ९ ओभर खेल्दै ७ विकेट गुमाएर ८३ रन बनायो । 

null

मलेसियाका लागि सायद अजिजले सर्वाधिक ३० रन जोडे । यस्तै भिरनदिप सिंहले २१ रन बनाए । 

नेपालका लागि सोमपाल कामीले ३, बसन्त रेग्मीले २ तथा सन्दीप लामिछाने र करण केसीले १–१ विकेट लिए । 

मलेसियाविरुद्ध नेपाल ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रिएको छ । कप्तान पारस खड्काले कतारविरुद्वको खेलमा चोट बोकेपछि ज्ञानेन्द्रले कप्तानी गरिरहेको हो । 

वर्षाले प्रभावित गरेपछि झन्डै ३ घण्टा ढिला सुरु भएको खेल ९ ओभरमा झारिएको छ । 

यसअघि मंगलबार भएको पहिलो खेलमा नेपाल कमजोर मानिएको कतारसंग ४ विकेटले पराजित भएको थियो । 

प्रतियोगितामा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेतले प्रतिस्पर्धा गरिरहेका छन् । 

यस प्रतियोगिताको विजेता टोलीले असोजमा यूएईमा हुने ग्लोबल छनौटमा प्रतिस्पर्धा गर्नेछ । १४ टोलीको सहभागिता रहने ग्लोबल छनौटमा शीर्ष ६ भित्र रहने टोली अष्ट्रेलियामा २०२० मा हुने विश्वकपमा छनोट हुनेछन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *