सानिमा बैंकद्वारा विपन्न विद्यार्थीकाे लागि छात्रवृत्तिको आवेदन खुल्ला

 

असार १६, काठमाडाैँ ।  सानिमा बैंकले उच्च माध्यमिक तह (प्लस टु) अध्ययनगर्नका लागि काठमाण्डौ उपत्यका बाहिरका शाखाहरुबाट छात्रवृत्ति आवेदन खुल्ला गरेको छ । 

 बैंकले विगत ७ वर्ष देखि काठमाण्डौ उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ तथा १२ कालागि २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । 

null

यसै अनुरुप उच्च माध्यमिक तह (प्लस टु) अध्ययनगर्नका लागि काठमाण्डौ उपत्यका बाहिरका शाखाहरुबाट छात्रवृत्ति आवेदन खुल्ला गरिएको हो । छात्रवृत्ति आवेदन  आगामी श्रावण १० गते सम्म सकिनेछ ।  

यो छात्रवृत्ति बैंकले काठमाण्डौ उपत्यका बाहिरका सबै शाखाहरुबाट स्थानिय बसोबास भएका गरीब तथा विपन्न वर्गका विद्यार्थीलाई उच्च माध्यमिकतह (प्लस टु) अध्ययनका लागि दिइदै आएको छ । 

यस छात्रवृत्ति सम्बन्धी विस्तृत जानकारीका लागि सानिमा बैंकको वेवसाइट www.sanimabank.com मा log in गर्न सकिनेछ ।   

यस कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई शैक्षिक संस्थामालाग्ने शुल्कहरु तथा शैक्षिक सामाग्रीहरुका अतिरिक्त मासिक रु. २००० नगद वृत्ति सहित २ वर्षकालागि छात्रवृत्ति प्रदान गरिनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *