वडा नम्वर २ ले जित्यो मेयर कपको उपाधी

चितवन, १६ असार । चितवनको खैरहनीमा आयोजित दोश्रो मेयर कप फुटवलको उपाधी खैरहनी वडा नम्वर २ ले जितेको छ । आईतबारको फाईनल प्रतिस्पर्धामा वडा नम्वर ८ अनुपस्थित भएपछि दोश्रो मेयर कपको उपाधी वडा नम्वर २ ले जितेको हो । 

वाक ओभरका आधारमा वडा नम्वर २ लाई विजेता घोषणा गरिएको प्रतियोगिताको सहआयोजक युवा स्वर्ण तारा क्लवका सचिव सागर अधिकारीले जानकारी दिए । खैरहनी नगरपालिका र युवा स्वर्ण तारा क्लवको संयुक्त आयोजनामा प्रतियोगिता भएको थियो । 

 

null

उपाधी जितेको वडा नम्वर २ ले ट्रफीसहित रु ५० हजार रुपैया प्राप्त गरेको छ । प्रतियोगिताको विजेतालाई खैरहनी नगरपालिकाका प्रवक्ता एवंम् वडा नम्वर ६ का वडाध्यक्ष रामशरण पाण्डे, वडा नम्वर १ का वडाध्यक्ष भुमी प्रसाद कडेंल, वडा नम्वर २ का वडाध्यक्ष टिकादत्त इटनी, वडा नम्वर ७ का वडाध्यक्ष मनेजर महतो, वडा नम्वर ८ का वडाध्यक्ष टेकवहादुर थापा,युवा स्वर्ण तारा क्लवका अध्यक्ष मनोज खड्गीले संयुक्त रुपमा हस्तान्तरण गरे । 

जेठ २८ गते हुनु पर्ने फाईनल खेल प्राविधिक कारणले लम्विएको हो । पहिलो मेयर कपको उपाधी भने खैरहनी वडा नम्वर ४ ले जितेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + eight =