बाढी पीडितप्रति सरकार गम्भीर देखिएनः सभापति देउवा

 

साउन १, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी पीडितहरु प्रति सरकार गम्भीर नभएको आरोप लगाएका छन् । 

बाढी पीडितहरुको अवस्था बुझ्न रौतहट पुगेका सभापति देउवाले त्यहाँको अवस्था अवलोकन गरी सरकार गम्भीर नदेखिएको आरोप लगाएका हुन् । 

null

‘बाढी पीडितप्रति सरकार गम्भीर देखिएन । भारतीय बाँधका कारण नेपाली भू–भाग डुबानमा पर्दा पनि सरकारले कूटनितिक पहल गरेन । विपतका बेला एकजुट हुनुपर्नेमा सरकार आफ्नै दम्भमा हिँडेको छ’, सभापति देउवाले भने । 

सरकारमै भएका मधेस केन्द्रित दलले पनि मधेसका जनताको भावनाको दुरुपयोग गरेको आरोप लगाउँदै उनले चुनावका बेला मधेसी भन्दै मत मागेका नेताहरुले जनता पाँच दिनदेखि भोको अनिदो रहँदा पनि बेवास्ता गरेको बताए । 

पूर्व प्रधानमन्त्री समेत रहेका देउवा उपसभापति विमलेन्द्र निधि र रौतहटका सांसद मोहम्मद अफ्ताब आलमसहित रौतहट पुगेका थिए । उनीहरुको टोलीले बाढी प्रभावित गढिमाई नगरपालिकाको लक्ष्मीपुर, धनारी, दुर्गा भगवती गाउँपालिकाको वडा नम्बर १, २, र ५ तथा सदरमुकाम गौरको स्थलगत निरीक्षण गरेका छन् । 

केही दिनअघिको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी ८० जनाको मृत्यु भएको छ भने ३४ जना अझै बेपत्ता छन् । 

खोलामा आएको बाढी बस्ती पस्दा काठमाडौंमा पनि कयैन परिवार विस्थापित भएका थिए । काठमाडौं लगायतका अधिकांश जिल्लामा १७ हजार विस्थापित भएको गृह मन्त्रालयले जनाएको छ । उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

बाढी पीडितहरुका लागि कांग्रेस सांसदहरुले पाँच दिन बराबरको तलब दिने घोषणा गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *