अख्तियारको कामकारवाही प्रभावरहित बनाउन सुझाव

 

साउन ८, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विभिन्न सञ्चारमाध्यममा कार्यरत प्रधानसम्पादक र सम्पादकहरु विच अन्र्तक्रिया गरेको छ । 

आयोगको आगामी ५ वर्षे संस्थागत रणनीति र आगामी दिनमा आयोगको काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा विभिन्न संचार माध्यममा कार्यरत प्रधान सम्पादक, सम्पादक एवं वरिष्ठ पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । 

null

आयोगको ५ वर्षे संस्थागत रणनीतिका महत्वपूर्ण पक्षहरुको प्रस्तुति गर्दै आरम्भ गरिएको कार्यक्रममा आयोगको संस्थागत रणनीतिलाई थप प्रभावकारी बनाउन वरिष्ट पत्रकारहरूबाट विभिन्न सुझाबहरु प्राप्त भएको आयोगका प्रवक्ता प्रदीप कोइरालाले बताए । 

सम्पादक र वरिष्ठ पत्रकारहरुले प्रेस र आयोगका बीचमा निरन्तर संवाद बढाउन सुझाव दिएका थिए । विकेन्द्रीत भइरहेको नीतिगत भ्रष्टाचारप्रति आयोगले गम्भीर ध्यान दिनुपर्ने, अख्तियारको जनशक्तिलाई विशिष्टीकृत बनाउनु पर्ने र प्रभावरहित आयोगका काम कारबाही पारदर्शी र स्वच्छ हुनुपर्ने लगायतका विषयमा महत्वपूर्ण सुझाव दिंदै भ्रष्टाचारमुक्त देश बनाउन सञ्चार माध्यमका तर्फबाट हरतरहको सहयोग गर्न तयार रहेको प्रतिबद्धता ब्यक्त भएको थियो । 

आयोगका तर्फबाट प्रमुख आयुक्त नविन कुमार घिमिरे एवं आयुक्तहरुले छलफलका क्रममा उठेका जिज्ञासा एवं अस्पष्टताहरुलाई स्पष्ट पार्दै देशमा सुशासन र भ्रष्टाचारको अन्त्यका लागि आयोग प्रतिबद्ध रहेको बताए । 

आयोगका गतिविधिहरु आग्रह र पूर्वाग्रहबाट मुक्त हुने, पद्धतिले काम गर्ने प्रणाली बनाइने, प्रविधियुक्त अनुसन्धान पद्धतिमा जोड दिइने भन्नु हुँदै आयोगका प्रमुख आयुक्त घिमिरेले विगतका सकारात्मक तथा नकारात्मक विषयबाट पाठ सिक्दै आयोग अगाडि बढ्ने प्रतिवद्धता जनाएका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *