यस्ता अनौठा आपराधिक घटना, जसले प्रहरीलाई नै चकित बनायाे

 

असर २४, काठमाडाैँ । प्रबिधीको विकास र विस्तारसँगै नयाँ–नयाँ अपराध थपिदै जाँदा प्रहरीलाई जती चुनौती थपिएको छ, पछिल्लो समय उतिनै उट्पट्याङ अपराधले पनि प्रहरीलाई हैरान बनाएको छ । 

भर्चुअल र डिजीटल जमानामा ईन्टरनेट तथा सामाजीक सञ्जाल दुरुपयोग गरि हुने अपराध स्वभाविक भएपनि केही स्थानमा भएका अनौठो प्रकृतिको घटनाले प्रहरीनै चकित परेको छ ।  

null

केही साताअघि काठमाडौंको डल्लुु, बालाजु लगायत स्थानमा अनौठो प्रकृतिको घटना भए । एक अपराध थियो, ‘युवतीलाई किला घोप्ने र अर्को ‘युवतीलाई देख्ने बित्तिकै गुप्ताङ्ग देखाउने’ । 

किला घोपिएको घटना सामाजिक सञ्जाल मार्फत सिरिञ्ज आक्रमणका रुपमा दुुस्प्रचार हुँदा आम जनमासमा एक किसिमको त्रास फैलिएको छ । रोग रोगसंक्रमण हुने डरले पीडितहरु उपचारका लागि अस्पतालमा पुुगेका छन् । 

यद्यपि घटना अरु परम्परागत घटना वा पछिल्ला बिकसित घटना भन्दा फरक स्वरुपका हुन् । घटनामा संलग्न काठमाडौँको नैकाप बस्ने ३० वर्षीय सन्तोष कार्की पक्राउ परेपछि, घटनामा सिरिञ्जको प्रयोग नभई काँटी प्रयोग भएको खुलेको छ । त्यो पनि कुनै संक्रमण गराउन नभई रमाईलोको लागी काँटीले महिलालाई घोचेको पीडकले बयान दिएका छन् । 

तर ति घटनाबारेमा मिडियाबाट गलत प्रचार भइदिँदा सामाजिक त्रास उत्पन्न भएको प्रहरीको भनाई छ । ‘तर अहिले पनि कुनै सामान्य पिड्को देखियो वा हिँड्दा कसैसँग ठोक्कियो या कोतरियो भने पनि घोचेर भाग्यो भनेर प्रहरीमा आउने क्रम कायमै छ,’ महानगरिय अपराध अनुसन्धान महाशाखाका प्रमुख सहकुल थापा भन्छन् । 

गल्लीमा उत्छृङखल गतिविधीअर्को अनौठो घटना असारको दोस्रो साता काठमाडौँको बनस्थलीको एक गल्लीमा भयो । क्याम्पस पढ्न जाने–आउने क्रममा गल्लीमा बसेर एक अधैबैश पुरुषले छात्रालाई गुप्ताङ्ग देखाउने अश्लील हर्कत गरे । उट्पट्याङ ती व्यक्ति थिए, बारा कलैयाका ३९ वर्षीय जादुलाल कुर्मी । पीडितहरुको उजुरीका आधारमा पक्राउ परेका उनले प्रहरीसँगको बयानका क्रममा आफूलाई रमाइलो लाग्ने गरेकाले गुप्ताङ्ग देखाउने गरेको बयान दिए । 

उनीमाथी मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद ५ को दफा १ सय २२ अनुसार सार्वजनिक स्थानमा गुप्ताङ्ग देखाएको कसुरमा मुद्दा चलाइएको छ । 

बसमा अश्लील हर्कतबर्ष दिन अघि डल्लुमै सार्वजनिक बसमा एक युवाले, युवतीको पछाडी बसेर अश्लील हर्कत गरे । त्यो घटनाको भिडियो ‘बसकाण्ड’का नामले सामाजिक सञ्जालमा भाइरल भएको थियो । निक्कै समयपछि ती उत्छृङखल व्यक्तिलाई प्रहरीले पक्राउ गर्न सफल भयो । ती व्यक्तिको पनि बयान थियो– ‘रमाईलोको लागी गरेको ।’ 

महिलाका भित्री बस्त्र चोर्ने चोरबर्षदिन अघि ललितपुरमा पनि यस्तै मध्यका एक रोचक घटना भयो । केही महिला तथा युवतीको घरको छत तथा घर परिसरमा सुकाएको भित्रि बस्त्र हरायो । एउटा घरको मात्र समस्या नभई २ तीन वटा घरकै छत तथा परिसरमा सुकाईएका भित्रि बस्त्र गायब भए । यो घटना करिब महिनादिन जती निरन्तर रह्याे । 

पछि रहस्य पत्ता लाग्यो, चोरी हुने घर मध्ये कै एक घरमा डेरा गरी बस्ने एक युवाले ती कपडा चोरेका रहेछन् । ललितपुर प्रहरीमा उनले ‘महिलासंग टाँसिने, महिलाका भित्रीबस्त्र पाएमा छुने, सुघ्दा आनन्द आउने भएकाले चोरेको,’ बयान दिए । 

यस्ता अनौठा अश्लील खालका घटना बेलाबेलामा हुँदै आएको छ । महानगरीय अपराध नियन्त्रण महाशाखाले दिएको जानकारी अनुसार सार्वजनिक यातायातमा महिलामा टाँसिने, महिला देख्ने बित्तिकै अश्लील शब्द बोल्ने अपराध भईरहेका छन् । महिलाको शौचालयमा छिरेर आनन्द लिने जस्ता घटना पनि भएका छन् । 

किन हुन्छन् यस्ता अपराध ?यस्ता घटना प्रायः गरेर पछिल्लो पुस्तामा देखिएको नकारात्मक प्रवृत्ति रहेको प्रहरीको ठम्याई छ । यस्ता घटना मानसिक विकृतिका उपज भएकाले कतिपयले मनस्थिति गडबडी भएका बेलामा गर्ने गरेका अपराध अनुसन्धान महाशाखाका प्रमुख थापा बताउँछन् । 

उनी भन्छन् ‘पछिल्ला यी घटनाहरु अध्ययन गर्दा उनीहरुले नियतवश योजनाबद्ध रुपमा घटना घटाएको नभई आफ्नो अगाडि एकान्तमा जो देखिन्छ उनीहरुमाथि आक्रमण गरेर मन शान्त पार्ने, आनन्दको अनुभूती गर्ने गरेको देखिन्छ ।’ सामान्यतः मदिरा, लागुऔषध दुुर्व्यसनका कारण तथा नकारात्मक भाव पैदा हुँदा यस्ता अपराध कर्म गर्न प्रोत्साहन मिल्ने अनुमान गरिएको थापा बताउँछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *