मलेसियामाथि नेपालको जित, पारसको नयाँ कीर्तिमान


असार २८, काठमाडौं । पहिलो अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ ।
क्वालालम्पुरस्थित किनरारा ओभलमा शनिबार मलेसियाले दिएको १२९ रनको लक्ष्य नेपालले १८ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । जितसँगै नेपालले घरेलु टोलिविरुद्धको २ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । अब नेपालले आइतबार दोस्रो खेल खेल्नेछ ।
null
नेपालका लागि कप्तान पारसले अविजित रहदै ८६ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान पारसले ५० बलमा ८ चौका र ५ छक्का प्रहार गरे । कप्तान पारसले विस्फोटक ब्याटिङ गर्दै ३२ बलमा ५० रन पुरा गरेका थिए ।
योसँगै कप्तान पारस टी-ट्वान्टी अन्तराष्ट्रियमा दुई अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् । यस्तै पारस टी-ट्वान्टी अन्तराष्ट्रियको एकै इनिङ्समा सर्वाधिक रन बनाउने खेलाडी समेत बनेका छन् ।
यस्तै शरद भेषवाकरले अविजित १६ रन बनाए । ओपनर प्रदिप ऐरी ९, उपकप्तान ज्ञानेन्द्र मल्ल ७ र रोहित कुमार पौडेल ५ रनमा आउट भए ।
मलेसियाका अनवर रहमानले २ तथा मोहमद फिट्रीले १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनाएको थियो ।
मलेसियाका लागि ओपनर विरन्दीप सिंहले ५७ रनको योगदान दिए। उनले ४९ बलमा ७ चौका र १ छक्का प्रहार गरे । त्यस्तै कप्तान अहमेद फायजले ४५, फित्री सामले १२ र साफिक सारिफले २ रन जोडे ।
बलिङमा नेपालका लागि करण केसीले ३, सन्दीप लामिछाने र बसन्त रेग्मीले समान २–२ विकेट लिए भने सोमपाल कामीले १ विकेट लिए ।
