साउन २६ देखि एसईई पूरक परीक्षा, उत्तरपस्तिका पुनः परीक्षणको पनि अवसर


असार १८, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा २६ र २७ गते सञ्चालन हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले बुधबार एक सूचना प्रकाशित दुईदिने मौका परीक्षाको तालिका सार्वजनिक गरेको हो ।
null
मौका परीक्षामा सैद्धान्तिक दुई विषयसम्म ‘सी’ वा ‘सी’भन्दा तलको ग्रेड हासिल गरेका नियमिततर्फका विद्यार्थी सहभागी हुन पाउनेछन् भने २ विषयमा अनुपस्थित विद्यार्थीले पनि मौका परीक्षामा सहभागी हुन सक्ने बोर्डद्वारा जारी सूचनामा उल्लेख छ ।
परीक्षामा सहभागी हुन चाहनेले साउन १५ सम्ममा आवेदन फारम भर्नुपर्ने छ ।
त्यस्तै एसइईको उत्तरपस्तिकाको पुनर्योग गर्दा तथा प्राप्ताङ्कमा चित्त नबुझे विद्यार्थीले उत्तर पुस्तिकाको पुनः परीक्षणसमेत गर्न पाउने भएका छन्।
पुनर्योगमा असन्तुष्ट रहेको अवस्थामा उत्तर पुस्तिका पुनः परीक्षणको लागि दरखास्त दिन सकिनेछ। पुनः परीक्षणमा पनि चित्त नबुझे विद्यार्थीले आफ्नो उत्तरपुस्तिका हेर्न सकिने व्यवस्थासमेत बोर्डले गरेको छ। पुनः परीक्षणका लागि प्रति विषय शुल्क बोर्डले तोकिसकेको छैन।
गत चैतमा सञ्चालित एसईई परीक्षाको परीक्षाफल असार १२ गते सार्वजनिक भएको थियो । परीक्षामा १६ हजार ८ सय ८२ जना विद्यार्थीले ए प्लस ल्याएका थिए ।
त्यसैगरी ४८ हजार ९ सय विद्यार्थीले ए, ७४ हजार ११० ले बी, ६० हजार ७०६ जनाले बी प्लस, ९७ हजार २९९ ले सी प्लस, ९५ हजार २ सय ९ जनाले सी, ४३ हजार ८४० जना विद्यार्थीले डी प्लस र चार हजार ४२९ जनाले डी जीपीए ल्याएका थिए ।
२०७५ साल चैत १० गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएका थिए ।
परीक्षामा सबैभन्दा बढी प्रदेश ३ बाट एक लाख ६ सय २ र सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६ सय २४ परीक्षार्थी सहभागी थिए।
