आफु गर्भवती भएको वा नभएको यसरी थाहा पाउनुस्

 

साउन १३ ।  हुन त अहिले गर्भ बसेको वा नबसेको पत्ता लगाउने बिभिन्न प्रविधीहरू उत्पत्ती भई सकेको छ । विज्ञानको विकाश भएसँगै यस्ता बिभिन्न प्रविधीहरुको उत्पत्ती भईरहेको छ । 

एउटा गर्भवती भएकाे वा नभएकाे थाहा पाउने  प्रेग्नेन्सी टेस्ट किट पनी हुन्छ यसलाइ अस्पताल वा औषधीपसलमा सजिलै खरिद गर्न सक्छौँ ।  हामीले त्यसको माध्यमबाट पनि आफू गर्भवती भएको वा नभएको पत्ता लगाउन सक्छौ । तर कतिपय अवस्थामा यस्ता परीक्षण गर्ने प्रविधाहरु सबै ठाउमा सर्वसुलभ हुँदैनन् । यस्तो अवस्थामा तल दिएको उपायबाट थाहा पाउनुहोस आफू गर्भवती भएको वा नभएको भनेर । 

null

– तपाईँलाई वाकवाकी तथा वान्ता हुने , केही खानेकुराहरु नखाँदा पनि गनाएको जस्तो हुने भयो भने पनि तपाईँ गर्भवती हुनुभएको थाहा पाउन सकिन्छ । 

– सबै भन्दा पहिला अन्तिम पटक महिनावारी भएको मिति याद राख्नुहोस् तर तपाईँको महिनावारी हुने दिन नाघिसक्दा पनि महिनावारी हुनु भएन भने तपाईँ गर्भवती हुनु भएको छ । 

– रिङ्गगटा लागे जस्तो हुने , घरी घरी पिसाब लाग्ने , दिक्क लाग्ने, मुड परिवर्तन भइरहने हुन्छ भनेपनि तपाईँ गर्भवती भएको अनुमान लगाउन सकिन्छ । 

– यदि तपाइ गर्भवती हुनु भएको छ भने तपाइको स्तनको आकारमा परिवर्तन आउन सक्छ । जस्तै स् स्तनको मुन्टो केही रसिलो भएको र स्तनको आकारमा वृद्धि हुनु । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *