चितवनको टाँडीबाट ४३ किलो चरेश सहित एक महिला पक्राउ
२०७६ असार ३१ गते

चितवन, ३१ असार । चितवन प्रहरी जिल्लामा हुने आपराधिक क्रियाकपाल विरुद्ध कडा रुपमा प्रस्तुत भएको छ । जिल्लाका विभिन्न स्थानका होटल, रेस्टुरेन्ट, लजहरुबाट अवैध यौन कार्यमा सलग्नहरुलाई पक्राउ गरेकै दिन सोमबार राती ४३ किलो लागू औषध चरेशसहित एक महिलालाई पक्राउ गरेको छ ।
पूर्वी चितवनको रत्ननगर २ टाँडीबाट राती साँढे १० बजेतिर रत्ननगर २ मा छोरीको घर बस्दै आएकी ७० वर्षिया नुर्जाहा खातुनलाई चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोईरालाले जानकारी दिए ।
null
इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरिक्षक सन्तोष आचार्यको कमाण्डमा खटिएको प्रहरी टोलीले ४३ किलो चरेशसहित खातुनलाई पक्राउ गरेको हो । पक्राउ परेका खातुनलाई इलाका प्रहरी कार्यालय राखिएको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
२०७६ असार ३१ गते
प्रतिक्रिया
सम्बन्धित








