भदौमा क्षेत्रीय होटल संघको अधिवेशन

 

साउन ८ चितवन । क्षेत्रीय होटल संघ सौराहा, नेपालको अधिवेशन आगामी भदौ २१ गते हुने भएको छ । संघको मंगलवार वसेको वैठकले आठौ अधिवेशन भदौमा गर्ने निर्णय गरेको हो । 

अधिवेशन सम्पन्न गर्न संघका निवर्तमान अध्यक्ष ज्ञानेन्द्रकुमार विष्टको संयोजकत्वमा पूर्व अध्यक्षहरु रहने गरि ७ सदस्यीय निर्वाचन समिति गठन गरिएको संघका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए । 

null

अधिवेशनले १७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । संघका अध्यक्ष घिमिरेका अनुसार अध्यक्षसहित प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र वाँकी सदस्यहरु रहनेछन् । आगामी अधिवेशनबाट तृतिय उपाध्यक्षको पद नराखिने घिमिरेले वताए । 

क्षेत्रीय होटल संघमा चितवन सहित, मकवानपुर र नवलपुरका होटल व्यवसायीहरुले मताधिकार प्रयोग गर्नेछन् । संघमा मकवानपुर इकाई, नवलपुर इकाई, पश्चिम चितवन इकाई, हाईवे इकाईका १,१ जना अनिवार्य चयन हुनु पर्ने संघको प्रावधान छ । 

अधिवेशनमा सहभागीता जनाउनका लागि भदौ १७ गते भित्र सवै सदस्यहरुलाई सदस्यता नविकरण गर्न समय दिईएको छ । संघमा १ सय १० होटल व्यवसायी आवद्ध छन् । 

संघका अध्यक्ष घिमिरेले सहमतीबाटै नेतृत्व चयन गर्ने दावी गरेपनि वर्तमान प्रथम उपाध्यक्ष दिपक भट्टराई र महासचिव राममणी खनालले अध्यक्षका लागि दावी गर्दै आएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *