बच्चाकाे ‘डाइपर’ मा सुन भेटियो !

 

असार २२, काठमाडौं । महानगरीय प्रहरी परिसरको विशेष टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ । 

प्रहरीले कतारबाट फर्किएका लीलाबहादुर थापालाई ५ सय ग्राम अवैध सुनसहित पक्राउ गरेको हो । 

null

तीन वर्ष कतारमा काम गरेर फर्केको थापाको साथमा बच्चाले लगाउने २५ भन्दा बढी डाइपरमा सुन भेटिएको छ । 

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *