तेस्रो इक्यान फुटसल प्रतियोगिता आउँदो शनिबार हुने

 

जेठ १९, काठमाडौं । नेपाल शैक्षिक परामर्श ब्यवसायी संघ (इक्यान) ले फुटसल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । आगामी शनिबार इक्यानले तेस्रो इक्यान फुटसल प्रतियोगिता सञ्चालन गर्ने भएको हो । 

ठमेल पकनाजोल स्थित कुमारी फुटसलमा हुने प्रतियोगितामा १२ टीमको सहभागिता रहने इक्यानका अतिरिक्त कृयाकलाप विभाग तथा फुटसल प्रतियोगिताका संयोजक बासुदेव दाहालले बताए । ‘सामाजिक उत्तरदायित्व अन्र्तगत इक्यानीयनलाई खेलकुद क्षेत्रमा समेत सहभागीता गराउन विगत ३ वर्षदेखि फुटसल प्रतियोगिता गराउँदै आइरहेका छौं, आउँदो शनिबार तेस्रो फुटसल प्रतियोगिता हुँदैछ ।’ कार्यक्रम संयोजक दाहालले भने । 

null

प्रतियोगितामा इक्यानमा आबद्ध भएका सदस्य शैक्षिक परामर्श ब्यवसायीहरुको मात्र सहभागिता रहनेछ । फुटसल प्रतियोगिताको प्रिजेन्टरमा अष्ट्रेलियाको प्रतिष्ठित मिन्ट कलेज रहेको छ, इन एशोसिएशन विथमा राइटपाथ करियर काउन्सेलिङ रहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 1 =