कोपा अमेरिका : डिफेन्डिङ च्याम्पियन चिलीसँग जापान पराजित

एजेन्सी । डिफेन्डिङ च्याम्पियन चिलीले कोपा अमेरिका फुटबलमा एसियन राष्ट्र जापानलाई पराजित गरेको छ । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा मंगलबार बिहान भएको खेलमा चिलीले जापानलाई ४–० गोलअन्तरले पराजित गरेको हो । 

 

चिलीको जितमा इडुआर्डो भर्गासले दुई गोल गरे । त्यस्तै, इरिक पुलगर र एलेक्सिस सान्चेजले समान १–१ गोल गरे । पहिलो हाफमा एक गोलको अग्रता बनाएको चिलीले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो । खेलको ४१ औं मिनेटमा पुलगरले गोल गर्दै चिलीलाई पहिलो हाफमा १–० गोलको अग्रता दिलाएका थिए । 

null

पहिलो हाफमा एक गोलले पछि परेको जापानले दोस्रो हाफमा झनै खराब प्रदर्शन गर्‍यो । भर्गासले खेलको ५४ औं मिनेटमा गोल गर्दै २–० गोलको अग्रता दिलाए । त्यसपछि खेलको ८२ औं मिनेटमा सान्चेजले गोल गर्दै चिलीलाई ३–० गोलको अग्रता दिलाए । भर्गासले त्यसको एक मिनेटपछि नै अर्थात खेलको ८३ औं मिनेटमा अर्को गोल गर्दै ४–० गोलको जित हात पारेको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − nine =