आफैंले जाँच लिएर पत्नीलाई जागिर, घरको सिसा फुट्दा मेयरलाई ३० लाख

काठमाडौं, ९ असार । आजका दैनिक पत्रिकाहरुकाे प्राथमिकतामा सत्तारुढ दल नेकपामा देखिएको वैचारिक एवं कार्यदिशा बहस, त्रिवि भित्रको अनियमितता, अख्तियार दुरुपयोगलगायतका विषय परेको छ । 

आफैंले जाँच लिएर पत्नीलाई गाउँपालिकाका शिक्षा शाखा प्रमुखले जागिर खुवाएकोसम्बन्धी खबर कान्तिपुरको पहिलो पृष्ठमा छापिएको छ । बर्दियाको बढैयाताल गाउँपालिकाका शिक्षा शाखा प्रमुख विष्णु ढकालले श्रीमती सिर्जना पाठकलाई शारदा मावि मैनापोखरामा मावि तहको शिक्षकमा नियुक्त गरेका हुन् । समाचारअनुसार शिक्षक छनोटका लागि उनले नै परीक्षा लिएका थिए । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले ९ नम्बर ल्याएका विद्यार्थीलाई ६० नम्बर थपेर गोल्ड मेडल दिलाएको खुलासा पनि आजको कान्तिपुरले गरेको छ । 

 

null

घरको सिसा फुट्दा मेयरलाई ३० लाख क्षतिपूर्ति दिइएकोबारे नयाँ पत्रिकाले आज प्रमुख समाचार बनाएको छ । स्थानीयको आन्दोलनका क्रममा १० कात्तिक ०७४ मा घर र सवारीसाधनमा भएको क्षति नगरपालिका र बीमाबाट पूर्ति गरिसकेका विर्तामोड नगरपालिकाका मेयर ध्रुवकुरमार सिवाकोटीलाई मन्त्रिपरिषद् निर्णयबाट ३० लाख दिइएको हाे । समाचार अनुसार मेयर सिवाकोटीले घटनापछि जिल्ला प्रशासन कार्यालयमार्फत १ करोड ४ लाख बराबरको क्षतिको विवरण बनाएर सरकारसँग क्षतिपूर्ति मागेका थिए । 

 

पाँच वर्षपछि नेपाल प्रहरीको रासनभत्ता बढेको अर्को खबर पनि नयाँ पत्रिकामा छ । समाचार अनुसार १ साउनदेखि लागू हुनेगरी प्रहरीको रासनभत्ता बढेको हो । यसका लागि सरकारले चार अर्ब ६४ करोड ९४ लाख रुपैयाँ बजेट छुट्याएको समाचारमा उल्लेख छ । 

 

अन्नपूर्णले ‘नेकपामा चर्कियो कार्यदिशा विवाद’ शीर्षक दिएर मुख्य समाचार बनाएको छ । पार्टी एकताको एक वर्षसम्म दस्तावेजदेखि कार्यदिशासम्ममा चुपचाप बसेर संगठनात्मक एकतामा माथापच्ची गरिरहेका नेता अहिले कार्यदिशामा मतभेद पोख्न थालेको समाचारको सार छ । त्यस्तै निर्वाचन आयोगले महँगोमा खरिद गरेको डिजिटल प्रिन्टिङ मेसिन बेकामे बनेकोदेखि सीमाको काम सुस्त बनेकासम्मका खबरलाई अन्नपूर्णले पहिलो पृष्ठमा समेटेको छ । 

 

भारतले सीमाक्षेत्रमा अन्तर्राष्ट्रिय नियमविपरीत निर्माण गरेको बाँधजस्तो सडकले पानीको निकास थुनेपछि बाँकेको राप्तीपारि नरैनापुर गाउँपालिका डुबानमा परेको खबर नागरिकमा छ । 

गोरखापत्रले लोक सेवाको विज्ञापन कानुनसम्मत भनेर लालबाबु पण्डितले व्यक्त गरेको भनाइलाई मुख्य समाचारका रुपमा प्रस्तुत गरेको छ भने राजधानीले नापी विभागको बोलपत्र प्रक्रिया अनियमितताबारे उठाएको छ । 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 10 =