बर्दियामा आँधीहुरीले मानिस घाइते हुनुकाे साथै धनजनको क्षति

 

जेठ २४, बर्दिया ।  बिहीबार राति आएको हावाहुरीले बर्दियामा तीन जना घाइते हुनुका साथै झण्डै चार दर्जन घरमा क्षति भएको छ। 

राजापुर नगरपालिका–२ का २० वर्षीया अनु थारूको टाउकोमा चोट लागेको छ। सोही समयमा नै बाँसगढी नगरपालिका २७ वर्षीया सुनिता विक र निजका पाँच वर्षीय छोरा नारायण विकको हातखुट्टामा चोट लागेको प्रहरी नायब उपरीक्षक मदनजित महराले बताए। 

null

घाइते विक र थारूको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचार भइरहेको उनले जानकारी दिए। करीब एक घण्टा चलेको हुरीले जिल्लाको जनजीवन प्रभावित भएको छ। हावाहुरीको समयमा घरका जस्तापाता लागेर र घरको भित्ता ढलेर घाइते भएका हुन्। 

हावाहुरीले राजापुर नगरपालिका, बारबर्दिया नगरपालिका, मधुवन नगरपालिका, बासगढी नगरपालिका र गेरुवा गाउँपालिकामा बढी क्षति पुर्‍याएको छ। हावाहुरीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेकाले क्षतिको यकिन विवरण आउन बाँकी छ। 

हाल जिल्लाभर विद्युत आपूर्ति ठप्प छ। टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको रहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए। रासस 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *