सातौं भलुवा गोल्डकप: मदन भण्डारी स्पोट एकेडेमी सेमिफाइनलमा

सुनसरी, २२ जेठ । सुनसरीको भलुवामा जारि सातौं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको मंगलबार भएको अन्तिम क्वाटर फाइनल खेलमा मदन भण्डारी स्पोट एकेडेमी काठमाडौंले रोयल क्लब सिलिगुडी भारतलाई ट्राइबेकरमा ५–३ गोल अन्तरले पाखा लगाउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । 

खेलको पहिलो हाफको ३२ औं मिनेटमा मदन भण्डारी स्पोट एकेडेमीका तर्फबाट यानिक ओवानाले १ गोल गरेका थिए भने दोश्रो हाफको ४७ औ मिनेटमा रोयल क्लब सिलिगुडी भारतका अरमान्डो टिटिले १ गोल गर्दै आफ्नो टिमलाइ बराबरीमा पुगाए । खेल बराबरी भएपछि ट्राइबेकरमा रोयल क्लब सिलिगुडी भारतका खेलाडी अरमान्डो टिटि गोल गर्नबाट चुकेपछि काठमाडौं सेमिफाइनलमा पुगेको हो । 

 

null

ट्राइबेकरमा मदन भण्डारी स्पोट एकेडेमीका खेलाडीहरु भिसण गुरुङ, अजित गुरुङ, मिसन लामा, प्रिसो र यानिक ओवानाले गोल गरे । खेलमा मदन भण्डारी स्पोट एकेडेमी काठमाण्डौंका गोल रक्षक प्रिसो म्यान अफ दि म्याच घोषित भए । उनले नगद पाँच हजार र मेडल प्राप्त गरे । 

बुधबारको पहिलो सेमिफाइनल खेल रारा फुटबल क्लब धनकुटा र संयूक्त यूवा क्लब सिमरीया सुनसरीका का बिच हुँनेछ । बिहीबारको दोश्रो सेमिफाइनल खेल चारतारे क्लब लेटाङ मोरङ र मदन भण्डारी स्पोट एकेडेमी काठमाडौंका बिच हुँनेछ । शनिबार फाइनल खेलमा विजेताले उपाधि सहित ३ लाख र उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =