आज श्रीलंकाले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै, कसले मार्ला बाजी ?

एजेन्सी । आज विश्वकप क्रिकेटमा श्रीलंकाले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा ब्रिस्टोलस्थित काउन्टी ग्राउन्डमा श्रीलंका र बंगलादेशबीचको खेल सुरु हुनेछ । दुवै टिमले समान तीन खेल खेलेका छन् । श्रीलंकाले खेलेको तीन खेलमध्ये एक खेलमा जित एक खेलमा हार र एक खेलमा वर्षाको कारण अंक बाँडेको छ । यता, बंगलादेशले यसअघि खेलेको तीन खेलमध्ये एक खेलमा जित र दुई खेलमा हार ब्यहोरेको छ । 

दुवै टिम जारी विश्वकपमा दोस्रो जितको खोजीमा हुनेछन् । कुनै एक समय यस्तो थियो, श्रीलंकालाई पराजित गर्नु सबै टिमको लागि कठिन थियो । जब, कुमार सांगाकारा, मेहला जयवर्दनेलगायत खेलाडीले सन्यास लिए, श्रीलंकाली टिम खस्किँदै गयो । अहिले विश्वकपमा कमजोर मानिएको बंगलादेशसँग पनि श्रीलंका डराउनु पर्ने अवस्था आएको छ । यता, बंगलादेशले भने जारी विश्वकपको पहिलो खेलमा दक्षिण अफ्रिकालाई २१ रनले सनसनीपूर्ण जित निकाल्दै राम्रो सुरुवात गरेको थियो । त्यसकारण बंगलादेश पछिल्लो समयमा बलियो टिममा गनिएको छ । 

 

null

श्रीलंकाका लागि कुशल परेरा, कप्तान दिमुथ करुनरत्ने, कुशल मेन्डिस, अभिस्का फेर्नान्डो जस्ता ब्याट्सम्यान र धनन्जय डे सिल्भा, एन्जेलो मेथेवस, थिसरा परेरा जस्ता अलराउण्डरले महत्वपूर्ण भूमिका खेल्नेछन् । यता, बलर लासिथ मालिंगा श्रीलंकाका गेम चेन्जर खेलाडी हुन् । यता, बंगलादेशको पनि पछिल्लो समयमा ब्याटिङ बलियो बनेको छ । मोहम्मद मिथुन, मोसादक हुसेन, मुस्फिक्युर रहिम, सब्बर रहमान, सौम्या सरकार, सकिब अल हसनजस्ता खेलाडीले बंगलादेशको ब्याटिङ उकास्ने छन् । बलिङमा पनि बंगालदेश राम्रो छ । कप्तान मश्रफे मोरटजा, मुस्ताफिजुर रहमान, रुबेल हुसेन, अबु जायदलगायत बलरमा बंगलादेशको पूर्ण विश्वास छ । 

श्रीलंका टिमदिमुथ करुनरत्ने (कप्तान), धनन्जय डे सिल्भा, नुवान प्रदीप, अभिश्का फर्नान्डो, सुरंगा लकमल, लासिथ मालिंगा, एन्जेलो मथेवस, कुशल मेन्डिस, जीवन मेन्डिस, कुशल परेरा, थिसरा परेरा, मिलिन्डा सिरिवार्दना, लाहिरु थिरिमाने, इसुरु उडना जेफ्रिय भन्डर्सी । 

बंगलादेश टिममश्रफे मोरटजा (कप्तान), तमिम इकबल, अबु जायद, लिटोन दास, महमुदुल्लाह, मेहिदी हसन, मोहम्मद मिथुन, मोहम्मद सइफुदिन, मोसदक हुसेन, मुश्फिक्यर रहिम, मुस्ताफिजुर रहमान, रुबेल हुसेन, सबिर रहमान, शकिब अल हसन, सौम्या सरकार । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *