सुनको मूल्यमा भारी बृद्धी, व्यापार ठप्प

 

असार ६, काठमाडौँ । हिजो मात्र तोलामा एक्कासी एक हजार बढेर बिक्री बितरण भएको सुनको मूल्य आज पनि तोलामा एक हजार बढी सुनको भाउले आकाश छोएको छ । 

बुधबार सम्म प्रतितोला ६३ हजारमा बिक्री बितरण भएको छापावाल सुनको मूल्यमा बिहीबार र शुक्रबार एक्कासी एक/एक हजार बढेर शुक्रबार प्रतितोल ६५ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सुनको मुल्य एक्कासी बढेसँगै सुन किन्न आउँने ग्राहक एकदम न्यून भई व्यापार ठप्प भएको संघले जनाएकाे छ ।  

null

बिवाहको सिजन मानिने असार महिनामा एक्कासी सुनको मूल्यमा यतीका धेरै बृद्धी हुँदा सुन किन्ने ग्राहक अक्क न बक्क भएर बस्नु परेको अवस्था रहेको छ । 

बिहीबारको मूल्य नेपाली सुन व्यवसायको इतिहासमा सबैभन्दा उच्च रहेको तर उक्त रेकर्ड शुक्रबार पुनः प्रतितोला एक हजारले नै बढेर तोडिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताएका छन् । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *