कर्णालीका मुख्यमन्त्रीद्वारा हेलिकप्टर चार्टर गरी कार्यक्रममा सहभागी

 

असार ९, सिमकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को हुम्लाकोे कार्यक्रममा सहभागी हुन हेलिकोप्टर चार्टर गरी सवार भएका छन् । 

असार सात गते सम्पन भएको हुम्लामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) काे पहिलाे बैठकको लागि मुख्यमन्त्री शाहीले नेपाली सेनाको हेलिकोप्टर चार्टर गरि गएका हुन् । उक्त कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री शाहीसँगै नेकपाका नेताहरु पनि गएका थिए । 

null

असार सात गते नेकपा हुम्लाको पहिलो बैठक बसेको थियो भने असार आठ गते उक्त पार्टीको कालिकोटको बैठकमा भाग लिन मुख्यमन्त्री शाही, नेकपाको प्रदेश कमिटीका अध्यक्ष गोरख बहादुर बोगटी र सचिब माया प्रसाद शर्मा कालिकोट उत्रिएका थिए भने सामाजिक विकास मन्त्री सुर्खेतसम्म सवार भएका थिए । 

निजी हेलिकोप्टरले चार्टर फ्लाईटले सुर्खेतबाट सिमकोट एकतर्फी उडान भर्दा साढे चार लाखसम्म भाडा पर्न जान्छ भने मुख्यमन्त्री शाहीले चढेको दुईतर्फी हेलिकोप्टरको भाडा नौ लाख पर्ने हुँदा यस अनुरुप हेर्दा राज्यको ढुकुटीबाट ९ लाख एउटा कार्यक्रममा सहभागी हुँदा मात्र खर्चिएको देखिन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *