आर्मी फाइनलमा, पारसको टिम पराजित

 

जेठ २२, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । 

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बुधबार भएको पहिलो सेमिफाइनलमा पारस खड्काको कप्तानीमा रहेको प्रदेश नम्बर ३ लाई ११७ रनले पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो । अब आर्मीले उपाधिका लागि नेपाल पुलिस र एपीएफ क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 

null

आर्मीले दिएको ३१० रनको फराकिलो लक्ष्य पछ्याएको प्रदेश ३ ले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९२ रन मात्र बनाउन सक्यो । 

प्रदेश ३ का लागि इशान पाण्डेले सर्वाधिक ७९ रनको अर्धशतकीय इनिङस खेले । यस्तै ज्ञानेन्द्र मल्लले २६, कप्तान पारस खड्काले १९, नन्दन कुमार यादवले १६ र अदिल खानले १५ रन जोडे । 

आर्मीका शाहब आलमले ३ विकेट र करण केसीले २ विकेट लिए । यस्तै रोहित कुमार पौडेल, कुशल मल्ल र सुशन भारीले समान १–१ विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभर खेल्दै ६ विकेट गुमाएर ३ सय ९ रन बनाएको थियो । 

आर्मीका लागि कप्तान बिनोद भण्डारी र राजु रिजालले अर्धशतकीय इनिङ्स खेले । बिनोदले अविजित ७५ रन जोड्दा राजुले ५१ रन जोडे भने रोहित कुमार पौडेलले ४३, हरि बहादुर चौहानले ३८ र राजेश पुलामी मगरले २९ रन बनाए । यस्तै कुशल मल्ल २६ रनमा अविजित रहदा करण केसीले २१ रन बनाए । 

प्रदेश ३ का लागि नन्दन कुमार यादव र जितेन्द्र सिंह ठकुरीले २–२ विकेट लिए । कप्तान पारस र सोनु देवकोटाले १–१ विकेट लिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *