कोसीमा ‘पाइलट च्यानल’ खन्दै भारत, स्थानीय त्रसित

विराटनगर, २ असार । कोशी परियोजनले सप्तकोशी नदीको नेपाल तर्फको भागमा खनेको पाइलट च्यानल पुनः गहिरो बनाउन सुरु गरेको छ । भारतले नेपाललाई कुनै जानकारी दिएको छैन । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकाको वडा नम्बर १३ मा पाइलट च्यानल खन्दा गोबरगाँडा बस्ती नै डुबेको थियो । भारतले च्यानल गहिरो बनाउन थालेपछि बस्ती डुब्ने आशंकाले स्थानीय त्रसित बनेका छन् । 

परियोजनाका अधिकारी निर्देशनमा ठेकेदारले मेसिन लगाएर गहिरो र फराकिलो बनाउने काम गरिरहेको वडा अध्यक्ष बिन्देश्वर यादवले बताए । निर्माण नरोके पश्चिम तटबन्धमा जोखिम बढ्ने उनको भनाइ छ । नेपाल–भारत कोशी–सम्झौता–१९५४ विपरित तीन वर्ष लगाएर च्यानल खनिएको थियो । कोशीको प्राकृतिक बहाव भारत विहार लोकहा पुनर्वासस्थित स्पर नम्बर २०–५० मा पुगेको बेला च्यानल खनेर पश्चिम तटबन्ध तर्फ सप्तकोशीको पानी फर्काउन लागेका छन् । 

 

null

नेपाली भुभाग डुबानमा पर्ने गरी भारतीय पक्षले च्यानल खन्ने काम गरिरहेको हनुमाननगर कंकालनी नगरपालिका मेयर शेलेश कुमार साहले बताए । परियोजनाले जर्बजस्ती नेपाली भूभागको जग्गामा हस्तक्षेप गर्दै आएको छ । नेपाली भुभागमा निर्माण गरिएको पश्चिमी तटबन्धको मर्मत समेत ३० वर्षदेखि परियोजनाका कर्मचारीले नगरेको स्थानीय बताउँछन् । सम्पर्क तथा भू–आर्जन कार्यालय विराटनगरका प्रमुख सन्तोष लिम्बुले गहिरो र फराकिलो बनाउने विषयसमेत जानकारी नदिएको बताए । 

उनले स्थलगत निरीक्षण पछि दुवै देशका सरोकार निकायलाई जानकारी गराइएको बताए । ‘केन्द्रस्तरबाटै यस विषयमा समन्वय र छलफल हुनु जरुरी हुन्छ’, उनले भने,‘ भारतीय पक्षले कुनै काम गर्दा नेपाल पक्षलाई जानकारी दिने गरेको छैन ।’ बिहारका ५ जिल्ला जोगाउन परियोजनाका भारतीय अधिकारीले प्राकृतिक बहावलाई परिवर्तन गर्न लागेका हुन् । आजको अन्नपूर्ण पोष्टमा जितेन्द्रनारायण ठाकुरले लेखेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 2 =