सकिबको अगाडी निरिह बन्यो अफगानिस्तान, लिए पाँच विकेट

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले तेस्रो जित हात पारेको छ । साउथह्याम्पटनस्थित रोज बल रंगशालामा सोमबार सम्पन्न खेलमा बंगलादेशले अफगानिस्तानलाई ६२ रनले पराजित गर्यो । जारी विश्वकपमा बंगलादेशको यो तेस्रो जित हो । यस जितसँगै सात खेलबाट सात अंक बनाएको बंगलादेश पाँचौं स्थानमा उक्लिएको छ । सातवटै खेलमा हार खेपेको अफगानिस्तान तालिकाको अन्तिममा छ । अंकबिहीन अफगानिस्तान विश्वकपबाट बाहिरी सकेको छ । 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ओभरमा सात विकेट गुमाएर २६२ रन बनाएको थियो । बंगलादेशका लागि दुई खेलाडीले अर्धशतकीय पाली खेले । चौथो नम्बरमा क्रिज समाल्न आएका विकेटकिपर ब्याट्सम्यान मुसफिकर रहिमले टोलीका लागि सर्वाधिक ८३ रनको योगदान दिए । मुसफिकर रहिमले केवल ८७ बलको सामना गरी एक छक्का र चार चौका पनि हिर्काए । ३२ वर्षीय अनुभवी खेलाडी मुसफिकर रहिमले एकदिवसीय क्रिकेटमा बनाएको यो ३५ औं अर्धशतक हो । 

 

null

त्यस्तै, अर्का अनुभवी खेलाडी सकिब अल हसनले पनि टोलीको खातामा ५१ रन थपे । उनले ६९ बलको सामना गरी एक चौका हिर्काए । ३२ वर्षीय बायाँहाते ब्याट्सम्यान सकिबले एकदिवसीय क्रिकेटमा बनाएको यो ४५ औं अर्धशतक हो । बंगलादेशका लागि ओपनर ब्याट्सम्यानद्वय लिटन दास र तामिम इक्बालले २३ रनको मात्र साझेदारी गर्न सके । टोलीको कुल स्कोर केवल २३ रन रहँदा लिटन दास १६ रनमा पहिलो विकेटका रूपमा पेभेलियन फर्किए । 

त्यसपछि तामिम इक्बाल र सकिब अल हसनले टोलीको स्कोरलाई ८२ रनको स्थितिमा पु¥याए । दोस्रो विकेटका रूपमा तामिक इक्बाल ३६ रनमा पेभेलियन फर्किए । उनले ५३ बलको सामना गरी चार चौका प्रहार गरे । त्यसपछि सकिब अल हसन र मुसफिकर रहिमले टोलीको स्कोरलाई एक सय ४३ रनसम्म डो¥याएका थिए । सौम्य सरकार तीन रनको व्यक्तिगत स्कोरमै आउट भए भने महमुदुल्लाहले टोलीको खातामा २७ रन थपे । उनले ३८ बलको सामना गरी दुई चौका पनि प्रहार गरे । 

मोसद्क होसैनले पनि टोलीका लागि ३५ रन बटुले । उनले केवल २४ बलको सामना गरी चार चौका हिर्काए । मोहम्मद सैफुद्दिन दुई रनमा अविजित रहे । विश्वकपमा केवल दोस्रो पटक सहभागिता जनाइरहेको अफगानिस्तानका बलर मजिब उर रहमानले तीन विकेट लिए । १० ओभर बलिङ गरेका उनले ३९ रनमात्र खर्चिए । कप्तान गुलबदिन नाइबले पनि दुई विकेट हात पारे । यसैगरी दवलत जद्रान र मोहम्मद नाबीले एक/एक विकेट हात पारे । 

यसैगरी २६३ रनको विजय लक्ष्य पछ्याएको अफगानिस्तान ४७ ओभरमा सबै विकेट गुमाएर २०० रनमा समेटिएको थियो । अफगानिस्तानका लागि समिउल्लाह सिनवारीले सर्वाधिक ४९ रन बनाए । अन्तिमसम्म टिकेका समिउल्लाहले ५१ बलमा एक छक्का र तीन चौकाको सहयोगमा उक्त रन बनाएका थिए । गुलबदिन नइबले ४७ रन बनाए । ७५ बलको सामना गरेका उनले तीन चौका हानेका थिए । 

रहमत शाहले २४ रन बनाए । नाजिबुल्लाह जार्दनले २३, अस्घर अफ्गानले २०, हसमुल्लाह सहिदी र इक्राम अलिखिलले समान ११/११, रसिद खान दुई रनमा पेभेलियन फर्किए । अन्य तीनजना ब्याट्सम्यान शुन्य रनमा आउट भएका थिए । बंगलादेशका लागि सकिब अल हसनले पाँच विकेट लिए । मुस्ताफिजुर रहमानले दुई तथा मोसद्क होसैन र मोहम्मद सैफुद्दिनले एक/एक विकेट लिए । सकिब अल हसन प्लेयर अफ दी म्याच घोषित भए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *