स्टार्कले ५ विकेट लिएपछि अष्ट्रेलियाको सहज जित


एजेन्सी । तीव्र गतिका बलर मिचेल स्टार्कले उत्कृष्ट प्रर्दशन गरेपछि एकदिवसिय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले न्युजिल्यान्डमाथि ८६ रनको सहज जित निकालेको छ । यो जितसँगै अष्ट्रेलिया ८ खेलमा ७ मा जित र १ मा हारका साथ १४ अंकका साथ शीर्षस्थानमा छ । २ सय ४४ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४३.४ ओभरमा अल आउट हुँदै १ सय ५७ रनमा समेटियो । न्युजिल्यान्डका लागि कप्तान केन विलियमसनले ४० र रस टेलरले ३० रन जोड्न बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।
न्युजिल्यान्डले १० ओभरको दोस्रो बलमा हेनरी निकोलसलाई ८ रनमा गुमाएको थियो । उनलाई जेसन बेहरनडर्फले विकेटकीपर एलेक्स केरिबाट क्याच आउट गराए । बेहरनडर्फलेनै १४ ओभरको पहिलो बलमा अर्का ओपनर मार्टिन गुप्टिललाई २० रनमा एलवी डब्लू आउट गरे । २५ ओभरको चौथो बलमा मिचेल स्टार्कले कप्तान केन विलियमसनलाई केरिबाट ५१ बलमा २ चौका र १ छक्का प्रहार गरि रहेको अवस्थामा केरिबाटै क्याच आउट गराए । ३२ ओभरको चौथो बलमा प्याट कमिन्सले रस टेलरलाई केरिबाटै क्याच आउट गराएपछि न्युजिल्यान्डको जित टाढिएको थियो ।
null
न्युजिल्यान्डको निरन्तर विकेट पतन जारी रह्यो । टम लेथम १४, कोलिन डी ग्राण्डहोम डक, जेम्श निशम ९, मिचेल सान्टनार १२, इश सोधी ५, लोकी फर्गुसन डक आउट भए । अष्ट्रेलियालाई सहज जित दिलाउन मिचेल स्टार्कले ९।४ ओभरमा १ मेडन सहित २६ रन खर्चेर ५ विकेट लिए । त्यस्तै जेसन बेहरनडर्फले २, प्याट कमिन्स, नाथन लायन र स्टिभ स्मिथले पनि समान १ विकेट हात पारे । त्यसअघि लर्ड्समा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ४३ रन बनायो ।
न्युजिल्यान्डका लागि तीव्र गतिका बलर ट्रेन्ट बोल्टले ह्याट्रिक लिएका थिए । अष्ट्रेलियाका लागि उस्मान खवाजाले सर्वाधिक ८८ रनको योगदान दिए । अन्तिम ओभरको तेस्रो बलमा बोल्टले बोल्ड आउट गर्नुअघि खवाजाले १ सय २९ बलमा ५ चौका प्रहार गरे । त्यस्तै विकेटकीपर एलेक्स केरिले ७२ बलमा ११ चौका सहित ७१ रनको योगदान दिए । केरिलाई कप्तान केन विलियमसनले मार्टिन गुप्टिलबाट क्याच आउट गराए ।
एक समय २१.३ ओभरमा ९२/५ को कमजोर अवस्थामा पुगेको अष्ट्रेलियालाई केरि र खवाजाले छैटौं विकेटका लागि १ सय ७ रनको शतकीय साझेदारी गर्दै इनिङ उकासेका थिए । अष्ट्रेलियाले पाँचौ ओभरको तेस्रो बलमा कप्तान आरोन फिन्चलाई ८ रनमा गुमाएको थियो । फिन्चलाई बोल्टले एलबी डब्लू आउट गरे । दशौं ओभरको पहिलो बलमा ल्योकी फर्गुसनले टम लेथमबाट क्याच आउट गराउँदै अर्का ओपनर डेविड वार्नरलाई १६ रनमा पेभिलिएन फर्काए ।
फर्गुसनलेनै १२ ओभरको दोस्रो बलमा स्टिभ स्मिथलाई ५ रनमा क्याच आउट गराएपछि अष्ट्रेलिया दबाबमा परेको थियो । जेम्श निशमले मार्कस स्टोइनिसलाई २१ र ग्लेन म्याक्सवेललाई १ रनमा क्याच आउट गराएपछि अष्ट्रेलिया कमजोर अवस्थामा पुगेको थियो । प्याट कमिन्स २३ रनमा अविजित रहे । बोल्टले अन्तिम ओभरमा ह्याट्रिक गरे । बोल्टले अन्तिम ओभरको तेस्रो बलमा उस्मान खवाजालाई बोल्ड आउट गरे । लगत्तै चौथो बलमा मिचेल स्टार्कलाई पनि बोल्ड आउट गरे । पाँचौ बलमा जेसन बेहरनडर्फलाई एलवी डब्लू आउट गर्दै बोल्टले ह्याट्रिक पुरा गरेका थिए ।
ह्याट्रिक लिएका बोल्टले १० ओभरमा १ मेडन सहित ५१ रन खर्चेर ४ विकेट लिए । लोकी फर्गुसन र जेम्श निशमको नाममा समान २ विकेट रह्यो । त्यस्तै कप्तान केन विलियमसनले १ विकेट लिए । शीर्ष स्थानमा रहेको अष्टे«लियाले लिग चरणको अन्तिम खेल आगमी शनिवार दक्षिण अफ्रिकासँग खेल्ने छ । त्यस्तै ८ खेलमा ५ मा जित र २ मा हारका साथ तेस्रो स्थानमा रहेको न्युजिल्यान्डले निर्णायक खेल आगमी बुधबार इंग्ल्यान्डसँग खेल्ने छ ।
