भलुवा गोल्डकप: चारतारे क्लब मोरङ सेमिफाइनलमा

सुनसरी, २० जेठ । सुनसरीको भलुवामा जारि सातौं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको आइतवार भएको दोश्रो क्वाटर फाइनल खेलमा चारतारे क्लब मोरङले आयोजक गोल्डेन स्टार युथ क्लब भलुवालाइ ३–० गोल अन्तरले पाखा लगाउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । 

 

खेलको पहलिो हाफको १५ औं मिनेटमा चारतारे क्लब मोरङका तर्फबाट पेपेले १ गोल र दोश्रो हाफको ७३ र ८८ औ मिनेटमा सुसिल राईले २ गोल गर्दै आफ्नो टिमलाइ सेमिफाइनलमा स्थान सुरक्षित गराए । 

null

पहिलो हाफभरी दुवै टीमबाट प्रतिस्पर्धात्मक खेल भएको थियो । खेलमा चारतारे क्लब मोरङका सुसिल राई म्यान अफ दि म्याच घोषित भए । उनले नगद पाँच हजार मेडल पाए । सोमवारको तेश्रो क्वाटर फाइनल खेल गोधुली क्लब धरान र संयूक्त यूवा क्लब सिमरीया सुनसरीका बिच हुँनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 11 =