क्रान्ति सुब्बाको ‘हङकङभित्र’ लोकार्पण

काठमाडौं, १३ असार । हङकङका लेखक क्रान्ति सुब्बाको नियात्रा संग्रह ‘ हङकङभित्र ’ को सार्वजनिक गरिएको छ । राजधानी काठमाण्डौमा हिजो आयोजित एक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले लोकार्पण गर्दै पुस्तक बौद्धिक रुपमा शक्तिशाली भएको कुरा व्यक्त गरे । 

कुलपति उप्रेतीले कार्यक्रममा बोल्दै ‘ हङकङभित्र ’ बौद्धिकता, दार्शनिकता, रोमाञ्चकता रहेको बताए । पुस्तक हेरिरहँदा आफु २०४० सालमा तीन महिना हङकङ बसेको स्मरण गरेका थिए । त्यस बेला आफुले हङकङको बारेमा केही नियात्राहरु लेखेको बताए । उनले बेलायतको औपनिवेशिकतामा रहेको त्यसबेलाको हङकङ र त्यसले गरेको विकास अनुकरणीय रहेको विचार व्यक्त गरे । डायास्पोरामा नेपालीहरुले आप्mनो व्यस्त समयको बीचबाट गरेको साहित्यिक योगदानको प्रशंसा गरेका थिए । 

 

null

कार्यक्रममा कवि हाङयुग अज्ञातले क्रान्ति सुब्बा हङकङको साहित्य आकाशमा आफुहरु भन्दा अग्रज भएको र हङकङमा सन् १९९७ पछि नेपाली साहित्यको जग हाल्ने काम क्रान्ति सुब्बाहरुले गरेको बताए । त्यस्तै हङकङमै रहेर साहित्यिक गतिविधिमा सक्रिय टंक सुब्बाले हङकङको साहित्यिक गतिविधि र त्यहाँको साहित्यिक संघसंस्थाहरुको बारेमा चर्चा गरे । 

संस्कृतिद्वारा आयोजित समारोहमा बोल्दै लेखक क्रान्ति सुब्बाले समय र परिस्थितिले आफुलाई हङकङ पु¥याएपछि निकै लामो समय सम्पर्कविहिन जस्तै अवस्थामा रहेको तर त्यो समयमा पूर्णरुपमा अध्ययनमा लागेको बताए । त्यो अवधिमा आफु हङकङको इतिहास र भुगोल पर्गेल्दै करोडौं वर्ष अघिसम्म पनि पुगेको बताएका थिए । 

 

पुस्तकमा दर्शन, आध्यात्म र रोमाञ्चकता मिश्रित रहेको उनले बताए । समारोहमा संस्कृतिको तर्फबाट राजेन्द्र रिमालले स्वागत गरेका थिए भने कवि राजेन्द शलभले कार्यक्रम सञ्चालन गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *