व्यस्त कार्यालय, सुस्त कर्मचारी

वीरगन्ज, २८ जेठ । आइतबार बिहान १० बजे हामी वीरगन्ज महानगरपालिका पुग्यौं । सेवाग्राही कर्मचारीलाई पर्खिरहेका थिए । महानगरको अधिकांश फाँटमा कर्मचारी आइपुगेका थिएनन् । खुर्सी रित्तै थिए । कार्यालय प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत बिदामा थिए । उनको जिम्मेवारी स्वास्थ्य तथा जनसंख्या विकास महाशाखाका प्रमुख अरुणकुमार महतोले सम्हालेका छन् । तर, निमित्त प्रमुख महतो आफैं १० बजेर ३५ मिनेटमा कार्यकक्षमा प्रवेश गरे । 

कार्यालय रित्तै पारेर भ्रमणअन्य फाँटका कर्मचारीलाई समयमै कार्यालय आउन कुनै हतार देखिएन । सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखामा देखिएको ६ वटा टेबलमा एउटा पनि कर्मचारी थिएनन् । शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णको कक्ष पनि खाली थियो । उनी विद्यालयको कार्यक्रममा गएका रहेछन् । लेखा अधिकृत रूपनारायण राउत, जिन्सी प्रमुख प्रतिज्ञा वैद्य, प्रशासन तथा जनशक्ति महाशाखा प्रमुख विकासकुमार मि श्रसहित कर्मचारी र वडाध्यक्षको टोली भरतपुर महानगरपालिका भ्रमणका लागि निस्किएका रहेछन् । प्राविधिक र योजना शाखा कर्मचारी भेटिएनन्। वीरगन्जस्थित एक होटलमा भइरहेको तालिममा महानगरका सबै इन्जिनियर र योजनाका कर्मचारी सहभागी भएका रहेछन् । 

एघार बजेसम्म पनि खुलेन राजस्व फाँटआर्थिक वर्षको अन्तिम समयमा भीड देखिने योजना र प्राविधिक शाखामै कर्मचारी नहुँदा सेवाग्राही आउँदै फर्किंदै गरिरहेका थिए । केही सेवाग्राही त कर्मचारी पर्खेर बसेको देखियो । घरको नक्सापासको काम लिएर आएका सेवाग्राही ताला लागेको प्राविधिक शाखाको अघिल्तिर रहेको कुर्सीमा बसिरहेका थिए । कर्मचारी नभएकाले अन्योलमा रहेको बताउँदै थिए उनीहरु । बिहानको ११ बजेसम्म राजस्व बुझ्ने कर्मचारीको अत्तोपतो थिएन । 

null

सेवाग्राही झ्यालबाट कर्मचारी बस्ने खाली कुर्सी चिहाइरहेका देखिन्थे । सेवाग्राहीसँग बुझ्दा कर्मचारी नभएकाले पर्खाइमा रहेको प्रतिक्रिया दिए । वीरगन्ज–१८ सुखचैनाका विक्रम साहले १० बजेदेखि राजस्व बुझाउन बसिरहेको बताए । ‘समयमै राजस्व तिरेर अर्को काममा लाग्छु भनेर आएको थिएँ । तर यहीं एक घन्टा बित्यो कर्मचारी नआएर । अझै कतिबेर पर्खनुपर्ने हो’, साहले भने । 

 

सेवाग्राही अन्योलमाबिहान ११.१५ बजे हातमा प्लास्टर लगाएर वीरगन्ज–४ भगवती टोलकी तिलावती गोसार्इं राजस्व शाखा अगाडिको कुर्सीमा बसिरहेकी थिइन् । उनलाई अस्पताल जानुपर्ने रहेछ । हातमा लगाएको प्लास्टर खोल्नुपर्ने थियो । उनी महानगरमा राजस्व तिर्ने काम सकाएर अस्पताल जान सोचमा थिइन् । तर कर्मचारी नहुँदा उनी पनि अन्य सेवाग्राहीजस्तै समस्यामा परिन् । यो विषयमा बुझ्न राजस्व व्यवस्थापन महाशाखाका प्रमुख हरिकिशोर प्रसादको कार्यकक्षतर्फ लाग्यैाँ । 

कार्यकक्षमै भेटिएका हरिकिशोरले राजस्व शाखामा १३ जना कर्मचारी रहेको बताए । उनले कर्मचारी ढिलो आएको प्रसंगमा भने, ‘अब कर्मचारीमाथि कडाइ गर्छु ।’ तर उनले कर्मचारीलाई बोलाएर ढिलो आउनुको कारण बुझ्ने प्रयास गरेको दिनभर देखिएन । मध्याह्न १२ बज्दा पनि महानगरको अन्य शाखामा राजस्व शाखामा राजस्व तिर्न सेवाग्राहीको भीड थियो । कर्मचारी समयमा नआउँदा सेवाग्राहीलाई सास्ती खेप्नुपरेको थियो । योजना, प्राविधिक, लेखाजस्ता महत्वपूर्ण फाँटमा कर्मचारी नभएकाले पनि सेवाग्राहीको उपस्थिति कम देखिएको हो । 

चर्चामा शिक्षक सरुवामहानगरले भर्खरै ४२ जना प्रधानाध्यापकको सरुवा गरेको विषय यतिबेला चर्चामा छ । सरुवाप्रति असन्तुष्टि जनाउने प्रधानाध्यापक मध्याह्न महानगर परिसरमा देखिएका थिए । एउटै विद्यालयमा लामो समयदेखि प्रधानाध्यापक भएर बसेकालाई महानगरको निर्णय टाउको दुखाइ बनेको थियो । 

कार्यालयमै निदाए नगर प्रहरीदिउँसो १ बजे महानगरको मुख्य गेटको देब्रेपतर्फ नगर प्रहरीको कार्यालय छ । कार्यालयमा पस्दा नगर प्रहरी र सवारीचालक सोफामा मस्त निदाइरहेका थिए । हाम्रो टोली त्यहाँ पुग्दा नगर प्रहरी इन्चार्ज प्रभु ठाकुर उनीहरुलाई उठाउँदै थिए । नगर प्रमुख विजय सराबगी र उपप्रमुख शान्ति कार्की कार्यालयमा थिएनन् । प्रमुख सराबगी मलामी गएका थिए । उपप्रमुख कार्की कार्यक्रममा सहभागी हुन कार्यालय बाहिर थिइन् । उनीहरूको कार्यकक्ष अगाडि केही सेवाग्राही बसिरहेका थिए । दिउँसो १ः१५ मिनेटमा उपमेयर कार्की कार्यालय प्रवेश गरिन् । हामी उपप्रमुखको कार्यकक्षमा लाग्यैाँ । कार्यालय प्रवेश गर्नेबित्तिकै उनको पर्खाइमा रहेकाले उनलाई घेरिहाले । न्यायिक समितिमा दर्ता भएको मुद्दामा उनले छलफल थालिन् । 

मेयरको कार्यकक्षमा बिरामी घडीत्यसको केही समयमा मेयर विजय सराबगी आइपुगे । हामी २ः४५ मा उनको कार्यकक्षमा पुग्यौं । तर, मेयर सराबगीको कार्यकक्षमा रहेको घडीमा पौने नौ बजिरहेको थियो । हाम्रो जिज्ञासापछि मेयर सराबगीले तत्कालै घडीको ब्याट्री परिवर्तन गर्न कर्मचारीलाई निर्देशन दिए । हामी त्यहाँ पुग्दा सराबगी एक शिक्षकलाई सम्झाउँदै थिए । त्सपछी मेयर सराबगी सेवाग्राहीसँग व्यस्त भए । हामी त्यहीं रहेका बेला कार्यलय प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत आइपुगे । बिदामा गएका उनी दिउँसो कार्यालय फर्किए । 

प्रतिलिपि दिन दिनभरिहामी पुनः राजस्व शाखामा गयौं । त्यहाँ एक सेवाग्राही जग्गाको कर तिरेको रसिदको प्रतिलिपि लिन १० बजेदेखि बसेका रहेछन् । तर कर्मचारीको सुस्तताका कारण उनले चार बजेसम्म प्रतिलिपि पाएका रहेनछन् । वीरगन्ज २ का मौलाद खानले भने, ‘घरको कर तिरेको रसिद हराएको थियो । त्यसकै प्रतिलिपि लिन आएको थिएँ। दिनभर यही काममा अल्झिएको छु।’ चार बजेपछि प्रतिलिपि लिएर उनी फर्किए । ढिलो आउँछन्, छिटै जान्छन ४ः३५ मा राजस्व व्यवस्थापन महाशाखाका प्रमुख हरिकिशोर प्रसाद कार्यकक्षमा निदाइरहेका थिए । 

कुर्सीमा बसेर निदाइरहेका उनलाई अर्का कर्मचारीले ब्युँझाए । प्रमुख प्रशासकीय अधिकृत उपस्थित नहुँदा निमित्तको जिम्मेवारी सम्हालेका स्वास्थ्य तथा जनसंख्या विकास महाशाखाका प्रमुख अरुणकुमार महतो ४ बजेर ४५ मिनेट जाँदा कार्यकक्षमा थिएनन् । उनी बाहिर गइसकेका रहेछन् । बिहान १०.३५ बजे खाली देखिएको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा ४ः ४५ मिनेट जाँदासम्म खाली देखियो । कर्मचारी आएर पनि फर्कि सकेछन् । हाम्रो उपस्थितीकै कारण केही कर्मचारी अडिएको देखियो भने केही कर्मचारी भने काममा व्यस्त देखिन्थे । 

छैन बडापत्रमहानगरमा नागरिक बडापत्र देखिएन । डिजिटल डिस्प्ले पनि राखिएको थिएन । कार्यालय भवन अगाडि हरियाली देखिए पनि भित्र भने फोहर देखियो । भर्‍याङ र कोठाका कुना पानको रङले रंगिएको थियो । सरसफाइमा महानगरले खासै चासो देखाए जस्तो देखिएन । 

जिम्मेवारी नबुझ्दा समस्या : प्रशासकीय अधिकृत बस्नेतवीरगन्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले जनप्रतिनिधि र कर्मचारीले जिम्मेवारी नबुझेका कारण कार्यसम्पादनमा समस्या भइरहेको प्रतिक्रिया दिए । जनप्रतिनिधिलाई आफ्नो काम, कर्तव्य र अधिकारका विषयमा जानकारी नहुने र कर्मचारीले पुरानै शैलीमा काम गर्न खोज्दा समस्या भइरहेको उनको बुझाइ छ । 

कमजोरी सुधार्छौं : सराबगीमेयर विजय सराबगीले कार्यालयमा देखिएका कमजोरी बाहिर ल्याए सुधारेर अघि बढ्ने बताए । उनले कर्मचारीमा देखिएको सुस्ततबारे जानकार रहेको भन्दै यसलाई सुधारेर लैजाने बताए । उनका अनुसार नागरिक बडापत्र केही दिनअघि हावाले च्यातिएको हो । उनले डिजिटल डिस्प्लेका विषयमा आफूले बुझ्ने बताए । ‘शिक्षामा आमूल परिवर्तन ल्याउन एकैपटक ४२ जना प्रध्यानाध्यापकलाई सरुवा गरेको छु,’ उनले भने । आजको अन्नपूर्ण पोष्टमा क्रान्ति शाह र दिवाकर भण्डारीले लेखेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *