डिस्चार्ज भए मुख्यमन्त्री डोरमणि पौडेल

जेठ २७, काठमाडौं । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल डिस्चार्ज भएका छन् ।
बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचाररत मुख्यमन्त्री पौडेल सोमबार डिस्चार्ज भएका हुन् ।
null
उनको मुटुको शल्यक्रिया गरिएको थियो । यही जेठ १९ गते उनी अस्पताल भर्ना भएका थिए ।
नियमित स्वास्थ्य परीक्षणका क्रममा मुटुमा समस्या देखिएपछि उनको एनजिओप्लाष्टि गरिएको थियो । मुटुको नियमित परीक्षणका लागि काठमाडौँको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा पुगेका मुख्यमन्त्री पौडेलको एनजिओग्राफी गर्दा मुटुको भल्बमा सामान्य समस्या देखिएपछि अस्पतालमा भर्ना भएका हुन् ।
अस्पतालका मुटुरोग विषेशज्ञ डाक्टर चन्द्रमणि अधिकारीको टोलीले उनको उपचार गरेको थियो । उपचारका क्रममा उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भेटेका थिए ।
मुख्यमन्त्री पौडेल मङ्गलबार हेटौँडा जानेछन् ।








