आज विश्वकप क्रिकेटमा अष्ट्रेलिया र भारत भिड्दै

एजेन्सी । आज विश्वकप क्रिकेटमा विश्वविजेता अष्ट्रेलिया र भारतबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयानुसार दिउँसो ३ बजेर १५ मिनेटमा खेल सुरु हुनेछ । यो खेल विश्वकपकै सबैभन्दा उत्कृष्ट हुनेछ । किनभने दुवै टिम विश्वकपको उपाधि दाबेदार हुन् । अष्ट्रेलिया लगातार तेस्रो खेलमा जित हात पार्ने लक्ष्यमा हुनेछ । यता, भारत भने दोस्रो जित हात पार्ने दाउँमा छ । 

अष्ट्रेलियाले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा भने वेष्ट इन्डिजलाई १५ रनले पराजित गरेको अष्ट्रेलिया उच्च मनोबलमा छ । यता, भारतले भने आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो । 

 

null

अष्ट्रेलिया टिमआरोन फिन्च (कप्तान), स्टिभन स्मिथ, डेभिड वार्नर, ग्लेन म्याक्श्वेल, जासन बेहरेन्डोरफ, नाथन काउल्टर नाइल, उस्मान खावजा, साउन मार्स, केन रिचार्डसन, मिचेल स्टार्क, एलेक्स क्यारी, पट कुम्मिन्स, नाथन लियोन, मार्कुस स्टोइनिस र एडम जाम्पा । 

भारत टिमविराट कोहली (कप्तान) रोहित शर्मा, युजभिन्द्र चाहाल, मेहन्द्रसिंह धोनी, केदार जाधव, कुलदीप यादव, मोहम्मद शामी, केएल राहुल, जस्प्रित बुमराह, शिखर धवन, रविन्द्र जडेजा, दिनेश कार्थिक, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या, विजय शंकर । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *