२-० ले पछाडी परेको कतारको उत्कृष्ट पुनरागमन

एजेन्सी । कोपा अमेरिका २०१९ अन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा एसियाली च्याम्पियन कतारले पाराग्वेलाई २-२ को बराबरीमा रोकेको छ । एक समय २-० ले पछाडी परेको कतारले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै कोपा अमेरिकामा पहिलो अंक जोडेको हो । 

खेलको चौथो मिनेटमा ओस्कार कार्डोजोले पेनाल्टीमा गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका थिए । कतारले त्यसपछि लगातार आक्रमण बुनेपनि गोल गर्न भने सकेन । फरवार्ड अल्मोएज अलीले सुवर्ण अवसर गुमाउँदा कतार खेलमा फर्कन सकेन । 

 

null

दोस्रो हाफमा पाराग्वेले अग्रता दोब्बर पार्यो । डेरिस गोन्जालेजले ५६ औं मिनेटमा लामो दुरीबाट गरेको प्रहार सिधै गोलमा परिणत भएपछि कतार हारतर्फ उन्मुख भएको थियो । त्यसअघि कार्डोजोले व्यक्तिगत दोस्रो गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्री भीएआरको सहायताले त्यसलाई मान्यता दिइएको थिएन । 

खेलको ६८ औं मिनेटमा कतारले खेलमा फर्कने बाटो बनायो । अल्मोएजले पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट गोल गर्दै कतारलाई खेलमा फर्काए । त्यसको ८ मिनेटपछि पाराग्वेका गोलरक्षक रोबर्ट फर्नान्डेजले गल्ति गर्दा बौलेम खौखीको प्रहार गोलमा परिणत भएको थियो । खेलको अन्त्यतिर पाराग्वेका माटियास रोजासले अग्रता दिलाउने अवसर गुमाएपछि खेल बराबरीमा सकियो । 

समूह ‘बी’ मा कोलोम्बिया ३ अंक जोड्दै शीर्षस्थानमा रहेको छ । कतार र पाराग्वे १-१ अंकसहित संयुक्त दोस्रो स्थानमा रहँदा अंकविहिन अर्जेन्टिना पुछारमा रहेको छ । अब कतारले कोलोम्बियासँग खेल्ने छ भने पाराग्वेले अर्जेन्टिनाको सामना गर्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *