जब डे भिल्लियर्सले आफू टिमका लागि उपलब्ध रहेको सूचना दिए

एजेन्सी । दक्षिण अफ्रिकी छनोटकर्ता लिन्डा जोन्डीले विश्वकपको ठीक अगाडि स्टार खेलाडी एबी डे भिल्लियर्सले आफू टिमका लागि उपलब्ध रहेको सूचना दिएपछि स्तब्ध र आश्चर्यमा परेको बताएका छन् । अप्रिलमा विश्वकपका लागि टिम घोषणा हुने दिनमै आफूले त्यसबारे सूचना पाएका जोन्डीले बताए । 

उनको अनुसार टिममा फर्केने भिल्लियर्सको इच्छा कप्तान फाफ डे फ्लेसिस र प्रशिक्षक ओटिस गिब्सनमार्फत पाएको पनि खुलाए । त्यति बेला डिभिल्लियर्सले सन्यासबाट आफू फर्कन तयार भएको सूचना दिएका थिए । तर जोन्डीले के माने भने डिभिल्लियर्सलाई टिममा राख्नु नैतिक रूपमा सर्वथा गलत छ ।उनले भनेका छन्, ‘सन् २०१८ मै मैले डिभिल्लियर्सलाई सन्यास नलिन अनुरोध गरेको थिएं, मैले त्यो सन्यासको निर्णयलाई विश्वकपसँग जोडिएर हेर्न पनि भनेको थिए, तर उनले मानेनन । डिभिल्लियर्सले त्यति बेला आफ्नो निर्णयले मन शान्त भएको बताएका थिए ।’ जोन्डीले डिभिल्लियर्सलाई टिममा राख्नुको अर्थ अरू खेलाडी अन्याय गर्नु हुने पनि बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *