युरोकप छनोटमा डेनमार्कले पहिलो जित, चेकले मोन्टेनग्रोलाई हरायो

एजेन्सी । युरोकप छनोटमा डेनमार्कले पहिलो जित निकालेको छ । पहिलो जित निकाल्ने क्रममा डेनमार्कले जर्जियालाई ५–१ ले हराएको हो । अपराजित रहेको डेनमार्कले यसअघि दुई खेलमा बराबरी खेलेको थियो । घरेलु मैदानमा डेनमार्कलाई फराकिलो जित दिलाउन कास्पर डोलवर्गले २ तथा क्रिस्टियन इरिक्सन, युस्सुफ पौलसेन र मार्टिन ब्रेथवेटले समान १ गोल गरे । सावा लोभझानीडिजले एक गोल फर्काए । 

खेलको १३ औं मिनेटमा कास्परले डेनमार्कलाई सुरुवाती अग्रता दिलाए । पहिलो गोल गरे । २५ औं मिनेटमा सावाले बराबरी गोल फर्काए । ३० औं मिनेटमा क्रिस्टियन इरिक्सनले पेनाल्टीमा गोल गर्दै डेनमार्कलाई २–१ को अग्रता दिलाए । ६३ औं मिनेटमा कास्परले व्यक्तिगत दोस्रो गोल गर्दा डेनमार्क खेलमा ३–१ ले अघि बढ्यो । ७३ औं मिनेटमा युस्सुफले गोल गर्दै फराकिलो जिततर्फ डो¥याए । 

 

null

इन्ज्युरी समयको तेस्रो मिनेटमा मार्टिनले गोल गर्दै डेनमार्कलाई ५–१ को फराकिलो जित दिलाए । जितसँगै डेनमार्क समूह ‘डी’ मा ५ अंक जोडेर दोस्रो स्थान उक्लिएको छ । जर्जिया ३ अंक जोडेर चौथो स्थानमा छ । यही समूहको अर्काे खेलमा आयरल्यान्डले जिब्राल्टारलाई २–० ले हरायो । जितसँगै आयरल्यान्ड ४ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा रहेको छ । जिब्राल्टर अंकविहीन छ । 

त्यस्तै अन्य खेलमा चेक रिपब्लिककले मोन्टेनग्रोलाई पराजित गरेको छ । घरेलु मैदानमा चेकले मोन्टेनेग्रोलाई ३–० ले हराएको हो । चेकको जितमा जाकुव जान्कटो, प्याट्रिकले गोल गर्दा एक गोल उपहार पाएको थियो । खेलको १८ औं मिनेटमा जाकुवले पाभेलको पासमा गोल गर्दै चेकलाई पहिलो हाफमा सुरुवाती अग्रता दिलाए । दोस्रो हाफको शुरुमै बोरिस कोपिटोभिकको आत्मघाती गोलबाट चेकले अग्रता दोब्बर बनायो । ८२ औं मिनेटमा प्याट्रिकले गोल गर्दै चेकलाई ३–० को सहज जित दिलाए । 

जितसँगै चेकले समूह ‘ए’ मा शीर्षस्थानमा रहेको इंग्ल्यान्डसँगको अंक बराबरी गरेको छ । चेक गोलअन्तरमा पछि परेको हो । दुवै टोलीको समान ६ अंक छ । इंग्ल्यान्डले एक खेल कम खेलेको छ । मोन्टेनेग्रो २ अंक जोडेर चौथो स्थानमा छ । यही समूहको अर्काे खेलमा कोसोभोले बुल्गेरियालाई ३–२ ले हरायो । कोसोभो ५ अंक जोडेर तेस्रो स्थानमा उक्लदा बुल्गेरिया २ अंक जोडेर पुछारमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *